यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट २ जना विचौलिया प’क्राउ परेका छन् ।
प्र’हरीका अनुसार प’क्राउ पर्नेमा ललितपुर महानगर–१४ नख्खीपोटका ३० सुमन तामाङ र कुसुन्तीका २३ वर्षीय सुरज गुप्ता छन् ।
उनीहरूले लिखित परिक्षा पास गराईदिने, फास्ट ट्रायल मिलाईदिने, नवीकरण गरिदिने, सिफारिसहरू
मिलाईदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने तथा लाईनमा लागेका सर्वसाधारणलाई
सास्ती दिने गरेको पाइएको महानगरीय ट्राफिक प्र’हरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा वार्गेनिङ्ग गरी लिदै गरेको अवस्थामा कार्यालय परिसरबाटै
महाशाखाको पी’डित सहायता कक्षबाट सादा पोशाकमा खटिएका ट्राफिक प्र’हरीले प’क्राउ गरेको जनाएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा का’रबाहीका लागि महानगरीय प्र’हरी वृत्त सातदोबाटोमा पठाइएको महाशाखाले जनाएको छ ।

