काठमाडौं – सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीले भदौ १८ गते देखि असोज १ गतेसम्म आयोजना अति
प्रभावित तथा आयोजना प्रभावितस्थानीयको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
उक्त आईपीओ बुधबार बाँडफाँड गरिएको हो ।
कम्पनीले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका
वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरु तथा आयोजना
प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि आईपीओ जारी गरेको थियो ।
आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि
३ हजार २५५ योग्य आवेदन परेका थिए ।
बाँडफाँड गर्दा आयोजना अति प्रभावित समुहका आवेदकले
न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन ।
आयोजना प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि १७ हजार ७८९ योग्य आवेदन परेको थियो ।
बाँडफाँड गर्दा आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन ।

