सामलिङ्ग पावर कम्पनीको आईपीओ बाँडफाँड सम्पन्न भएको छ ।
कम्पनीले भदौ १८ गते देखि असोज १ गतेसम्म आयोजना अति प्रभावित तथा आयोजना प्रभावितस्थानीयको लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो ।
उक्त आईपीओ बुधबार बाँडफाँड गरिएको हो ।
कम्पनीले आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का
बासिन्दाहरु तथा आयोजना प्रभावित ईलाम जिल्लाका स्थानीयबासीको लागि आईपीओ जारी गरेको थियो ।
आयोजना अति प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि ३ हजार २५५ योग्य आवेदन परेका थिए ।
बाँडफाँड गर्दा आयोजना अति प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन ।
आयोजना प्रभावित समुहका लागि छुट्याईएको शेयरका लागि १७ हजार ७८९ योग्य आवेदन परेको थियो ।
बाँडफाँड गर्दा आयोजना प्रभावित समुहका आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम २० कित्तासम्म शेयर पाएका छन ।
याे पनि : भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज (असाेज २० गते, बुधबार)
बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीकाे आईपीओमा पहिलाे दिन नै मागभन्दा धेरै आवेदन परेकाे छ ।
निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटलका अनुसार बुधबार साँझसम्म
५ लाख ५२ हजार १ सय ६७ जना आवेदकहरूले ८८ लाख ९१ हजार ९ सय ७० कित्ताका लागि आवेदन दिएका छन् ।
याे सर्वसाधारणका लागि छुट्याइएकाे ८१ लाख ९० हजार भन्दा धेरै हाे ।
कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित दरका कुल ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं ।
१ र ५, बाह्रबिसे नगरपालिका वडा नं। ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं। ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको थियो ।
बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाकै अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको थियो।
स्थानीयको आईपीओमा १ लाख ८ हजार ५२७ जनाले आवेदन दिएका थिए।
तीमध्ये आयोजना प्रभावित क्षेत्रअन्तर्गत १२ हजार १४७ जनाले आवेदन दिएका थिए ।
आयोजना प्रभावित क्षेत्रअन्तर्गत १८० कित्तासम्म आवेदन दिने आवेदकले मागबमोजिमकै सेयर पाएका छन् ।
१९० देखि ४०० कित्तासम्म आवेदन दिनेमध्येबाट थप २ हजार ३१३ जनाले गोलाप्रथाबाट थप १० कित्ता सेयर पाएका छन्। यो हिसाबमा आयोजना प्रभावित क्षेत्र अन्तर्गत अधिकतम १९० कित्तासम्म सेयर पाएका छन्।
यसैगरी आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत ९६ हजार ३८० जना आवेदकले आवेदन दिएका थिए। तीमध्ये १ हजार ५१५ जनाको आवेदन रद्द भएर ९४ हजार ८६५ जना योग्य आवेदकलाई सेयर बाँडफाँड गरिएको छ ।
यसअन्तर्गत १० देखि ४० कित्तासम्म आवेदन दिनेले मागबमोजिम सेयर पाएका छन्। ५० देखि ४०० कित्तासम्म आवेदन दिनेमध्येबाट गोलाप्रथा गरी ४० हजार ५४८ जनाले थप १० कित्ता सेयर पाएका छन्।
अहिलेको शेयरमा पनि सर्वसाधारणले केवल १० कित्ता मात्र आवेदन दिए पुग्ने देखिन्छ ।

