स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीको असाेज २१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष
२०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर
र कर प्रयाेजनका लागि ६ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
गोर्खाज फाइनान्सको साधारणसभा सम्पन्न, नयाँ कार्य समिति चयन
गोर्खाज फाइनान्स लिमिटेडको २६ औ साधारण सम्पन्न भएको छ ।
होटल क्राउन इम्पेरियलमा सम्पन्न साधारणसभाले नयाँ संचालन समिति चयन गरेको छ ।
संस्थापक सेयरधनीतर्फ प्रेमबहादुर सापुङ, डेकिन्द्र कुमार राई , कर्ण बहादुर राई,
तथा साधारण सेयरधनितर्फ वाट रेसु अग्रवाल, नरेन्द्र कुमार अग्रवाल र गौरव बुढाथोकी चयन भएका छन् ।
त्यसैगरी स्वतन्त्र संचालकमा प्रधुम्नकुमार भट्टराई रहेका छन् ।
फाईनान्सले मुख्य कार्यालय सहित २६ वटा शाखा र एउटा एक्सटेन्सन काउन्टरबाट देशको सातै वटा प्रदेश मार्फत सर्वसाधारणलाई सेवा दिईरहेको छ ।
विभिन्न बचत योजना संंचालन गरिरहेको छ । फाईनान्सले निशुल्क डेविट कार्ड, ईन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई।पि।एस। तथा रेमिट्न्स सेवा दिईदै आएको छ ।
फाईनान्सका शाखाहरु रवि, विर्तामोड, दमक, ईटहरी, धरान, भेडेटार धनकुटा, भोजपुर, छप्रादी सिराहा, बनेपा,
विरगञ्ज, नारायणघाट, पोखरा, लखनचोक वुटवल, विजौरी दाङ, नेपालगञ्ज सुर्खेत, चौमाला कैलाली, बेलटार उदयपुर,
हेटौडा,सर्लाही तथा काठमाण्डौ उपत्यकाभित्र डिल्लीबजार, बौद्व, गोंगबु,न्युरोड, सातदोबाटो र भक्तपुर गरि सातैवटा प्रदेशमा जम्मा २६ वटा शाखाहरुर एक एक्टेनशन काउन्टर संचालनमा रहेका छन् ।

