सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गर्न लागेकाे साधारण सेयर (आईपीओ) को रेटिङ सम्पन्न गरेको छ ।
कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ ।
यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत मध्यम जोखिम रहेको पनि याे रेटिङले संकेत गर्दछ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३ करोड ९५ लाख ३३ हजार
६सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३ सय ३६ कित्ता आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिइसकेकाे छ ।
कम्पनीले आईपीओकाे निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
७ वटा बैंकले गरे लाभांश घोषणा
हालसम्म नेप्सेमा सूचिकृत भएका विभिन्न ७ वटा वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट बैंकका शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् । साधारण सभाबाट पारित भएपश्चात उक्त लाभांश शेयरधनीहरूलाई वितरण गरिनेछ ।
लाभांश घाेषणा गर्ने ७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै हिमालयन बैंकले लाभांश घाेषणा गरेकाे छ भने सबैभन्दा थाेरै कुमारी बैंककाे लाभांश रहेकाे छ । हेर्नुस् कुन बैंककाे कति लाभांश ?
हिमालयन बैंक लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद कर प्रयाेजनका लागि समेत गरी कुल २६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।
हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
सानिमा बैंक लिमिटेडको सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।
हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडकाे असोज ८ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि असाेज २२ गते एक दिन बुकक्लाेज गरेकाे थियाे । त्यसैले, असाेज २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे असाेज १७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ११.२४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४.७६ प्रतिशत नगद गरी कुल १६ लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।
हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
माछापुच्छ्रे बैंक लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ।
बैंकले २६ कात्तिकमा होटल पोखरा ग्रान्ड, पार्दी पोखरामा २३औँ वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले ७ कात्तिकमा बुकक्लोज गर्ने भएको छ ।
यसअनुसार ६ कात्तिकसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।
स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडको असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।
हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।
कुमारी बैंक लिमिटेडको असाेज ११ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ६ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।
हालसम्म बैंकले साधारण सभा तथा बुकक्लाेज मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।