नेपाल इन्फ्रास्टक्चर बैंक ( NIFRA ) ले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीलाई बाँड्ने लाभांश संशोधन गरेको छ ।
यसअघि ८.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकोमा असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले
८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले साढे आठ प्रतिशत नगद वितरण गर्न नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागेको भए पनि
केन्द्रिय बैंकले स्वीकृति नदिएपछि लाभांश संशोधन गरेको हो ।
केन्द्रिय बैंकले यसअघि नै कुल लाभांशको ३० प्रतिशतमात्र नगद वितरण गर्न पाउने व्ययवस्था गरेको थियो ।
केन्द्रिय बैंकको व्यवस्थाअनुसार बैंकको लाभांश नमिलेपछि संशोधन गर्नुपरेको हो ।
यो पनि पढ्नुहोस् :
मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असोज २५ गते अन्तिम दिन रहेको छ ।
कम्पनीले ९० लाख कित्ता शेयर निष्काशन गरेको हो ।
९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको छ ।
त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।
बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
हालसम्म यस आईपिओमा साढे ४ गुणा बढीको आवेदन परेको छ।
आइतबार बेलुका ५ बजेसम्ममा आईपिओमा २१ लाख ५९ हजार २६ जना आवेदकबाट ३ करोड २९ लाख ९२ हजार ७७ सय १ सय ७० कित्ताको लागि आवेदन परेको हो ।
यो माग गरिएभन्दा ४.०२ गुणा बढी हो । माग भन्दा बढीको आवेदन परिसकेकोले यो आईपिओ गोलाप्रथाबाट नै बाँडफांड हुने छ ।
यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाउने छन् ।
कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ ।
उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन पाउने छैनन् । यदि आवेदन दिएमा रद्द हुने छ ।

