काठमाडौं । न्यादी हाइड्रोपावर लिमिटेडले असोज १५ गतेदेखि सर्वसाधारणका लागी निष्काशन तथा बिक्री खुला गरेको
प्राथमिक शेयर ( आईपीओ ) मा आवेदन दिने आज ( असोज १ ९ गते ) अन्तिम दिन हो ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको थियो ।
सर्वसाधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ४५ हजार कित्ता शेयर
कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई
छुट्याएर बाँकी रहने २० लाख ९ २ हजार ५०० कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलका अनुसार सोमबार साँझसम्ममा
१८ लाख ९ ३ हजार ९ ५७ आवेदनबाट २ अर्ब ४० करोड ८ ९ लाख ९ ४ हजार रुपैयाँ बराबरको २ करोड ४० लाख ८ ९ हजार ९ ४० कित्ताको लागि आवदेन परेको छ ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था ,
तोकिएका शाखा कार्यालयबाट र मेरो शेयर मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ्ग नेपालले ‘ केयरएनपी डबल बी इस्यूअर ‘ रेटिङ्ग प्रदान गरेको छ ।
यसले कम्पनीले वित्तीय दायित्व गर्न सक्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई बैंक रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ ।
स्थानियलाई १५ करोड रुपैयाँ , संस्थापक शेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको
आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।
कम्पनीबारे:यस कम्पनी न्यादी जलविद्युत आयोजना निर्माण तथा संचालन गर्ने र अन्य विद्युत उत्पादन आयोजनामा
लगानी गर्ने उद्देश्यका साथ मिति २०६३÷११÷१७ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०६४÷११÷२६ देखि कारोबार संचालन गर्दै आएको छ ।
कम्पनीको रजिष्टर्ड कार्यालय गंगा देवी मार्ग ( ३१३, बुद्धनगर, काठमाण्डौं नेपालमा रहेकोछ ।
कम्पनी अन्तर्गतको न्यादी जलविद्युत आयोजनाको कार्यालय मस्र्याङदी गाउँपालिका वडा नं ६ मा रहेको छ ।
यस कम्पनीले आयोजनाको सर्भेक्षण अनुमति प्राप्त मिति २०६५÷०८÷१० मा प्राप्त गरेको थियो ।
मिति २०६८।५।२१ मा आयोजनाको पुरक प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन स्वीकृत भएकोमा मिति २०७६÷२÷२९ मा अध्यवद्यिक प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन स्वीकृत भएको छ ।
आयोजनाको विद्युत उत्पादन अनुमति पत्र प्राप्त मिति २०६९÷११÷०३ मा प्राप्त भएको छ र सो अनुमतिपत्र मिति २१०४÷११÷०२ सम्म वहाल रहनेछ ।
आयोजनाको १३२ के.भी. प्रशारणलाईनको विद्युत प्रशारणको अनुमतिपत्र मिति २०७४।३।११ मा प्राप्त भएको र यो अनुमतिपत्र मिति २०९९।३।१० सम्म वहाल रहनेछ ।
३० मेगावाट क्षमताको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य भैरहेको र लमजुङ्ग जिल्लामा पर्ने न्यादी जलविद्युत आयोजनाको उत्पादनको लागि आवश्यक प्रमुख जलस्रोतको रुपमा न्यादी खोला रहेको छ ।
पुँजी संरचना:-कम्पनीको अधिकृत पूँजी एक अर्ब पचास करोड रहेको छ ।
कम्पनीको जारी पूँजी एक अर्ब पचास करोड रहेको छ । कम्पनीको तत्काल चुक्ता पूँजी एक अर्ब नौ करोड पचास लाख रहेको छ ।
आयोजना प्रभावित क्षेत्र लमजुङ्ग जिल्लामा स्थायी बसोवास गर्ने नेपाली नागरिकहरुको लागि निष्कासन गरिएको १५,००,००० कित्ता, संस्थापक शेयरधनी संस्थाका
कर्मचारीहरुका लागि निष्कासन गरिएको ३,००,००० र सर्वसाधारणहरुमा,
(सामूहिक लगानी कोषहरु तथा संस्थाका कर्मचारीहरुका लागि छुट्टयाएको समेत) २२,५०,००० कित्ता शेयर निष्काशन भएपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब पचास करोड हुनेछ।
आधारभूत शेयरधनीहरु तथा संचालक विवरण:-कम्पनीको संस्थापक शेयरधनीमा बुटवल पावर कम्पनी लिमिटेड र लमजुङ्ग विद्युत विकास कम्पनी रहेका छन् ।
कम्पनीमा यी दुई कम्पनीको शेयर स्वामित्व ७३ प्रतिशत रहेको छ । आईपिओ निष्काशनपछि कम्पनीमा बुटवल पावरको स्वामित्व ७१ प्रतिशत हुने छ ।
कम्पनीको संचालकहरुमा ओम प्रकाश श्रेष्ठ, प्रदीप कुमार श्रेष्ठ, बजय बहादुर श्रेष्ठ, र राम बहादुर गुरुङ्ग रहेका छन् ।
राम बहादुर गुरुङ्ग लमजुङ्ग विद्युत विकास कम्पनीको प्रतिनिधित्व गर्दै संचालक समिति रहेका हुन् बाँकि ३ संचालक बुटवल पावरबाट प्रतिनिधित्व गर्दछन् ।
कम्पनीको बैकल्पिक सञ्चालकहरुको रुपमा उत्तर कुमार श्रेष्ठ र राधेश्याम श्रेष्ठ रहेका छन्।
कम्पनीको अध्यक्ष ओम प्रकाश श्रेष्ठ रहेका छन् । उनी अरनिको निर्माण कम्पनी, ईन्टरवल्र्ड टेडिङ्ग, बुटवल पावर कम्पनी र खुदी हाइड्रोपावरका पनि संचालक हुन् ।
कम्पनीले संचालकको बैठक भक्ता प्रति बैठक रु.२,५०० तोकेको छ र भ्रमणको हकमा बास्तविक खर्च कम्पनीले बेहोर्ने गरेको छ ।
ब्यबस्थापन विवरण:-कम्पनीको प्रमुख कार्यकारी अधिकृत उत्तम अमात्य रहेका छन् भने बरिष्ठ आयोजना
इन्जिनियरको रुपमा बिबेक कारञ्जीत तथा बित् प्रमुखको रुपमा सुदिपमान श्रेष्ठ कार्यरत छन् ।
प्रमुख कार्यकारी अधिकृतसँग नेपाल विद्युत प्राधिकरणमा विभिन्न तहमा ३१ वर्षको कार्यानुभव रहेको छ ।
उनी अपर त्रिशुली “थ्रिए” मा निमित्त आयोजना निर्देशक समेत रहेका थिए। कम्पनीमा १५ अस्थायी, २ करार र २ ज्यालादारी गरि कुल १९ कर्मचारी रहेका छन् ।
कम्पनीले आर्थिक वर्ष ७६/७७ मा प्रमुख कार्यकारी अधिकृत अमात्य,
बरिष्ठ आयोजना इन्जिनियर कारञ्जीत र बित्त् प्रमुख श्रेष्ठलाई क्रमश ३१ लाख ३६ हजार, १८ लाख ६४ लाख, ४ १६ लाख १२ हजार पारिश्रमिक प्रदान गरेको थियो ।
बीमा विवरण:-कम्पनीले आयोजना र कामदारको लागि विभिन्न शिर्षकमा ३ अर्ब ७८ करोड १८ लाख ४५ हजार रकम बराबरको बीमा एनएलजी इन्स्योरेन्समा रहेको छ ।
वित्तीय विवरण:-२०७७ असार मसान्तको वासलात अनुसार कम्पनीले आफ्नो सम्पति र पूँजी तथा दायित्व ३ अर्ब ९९ करोड ४५ लाख रहेको उल्लेख गरेको छ ।
यस अवधिमा कम्पनीको खुद घाटा २ करोड ६७ लाख रहेको उल्लेख छ ।
कम्पनीको लेखापरीक्षण भईसकेको आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा कम्पनीको खुद घाटा ६७ लाख ६७ हजार, १ करोड ४९ लाख र २ करोड ६७ लाख रहेको थियो ।
आर्थिक वर्ष ७७/७८ को अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद घाटा २ करोड ४ लाख रहेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म अर्थात् ५ वर्षको प्रक्षेपित विवरण तयार पारेको छ ।
जस अनुसार कम्पनीले यी वर्षहरुमा क्रमश २ करोड ९३ लाख, २० करोड ५८ लाख, २५ करोड १८ लाख, २९ करोड ७९ लाख र ३७ करोड ४२ लाख खुद नाफा रहने प्रक्षेपण गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ५ प्रतिशत, र त्यसपछिको ३ आर्थिक्ववर्षमा क्रमश ७.५ प्रतिशत, १२.५ प्रतिशत र १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यसै आर्थिक वर्षमा आयोजना सम्पन्न हुने भएकोले कम्पनीले नाफामा जाने र लाभांश वितरण गर्ने प्रक्षेपण गरेको हो ।
प्रति शेयर आम्दानी र प्रति शेयर नेटवर्थ विवरण:-आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को कम्पनीको वास्तविक
प्रतिशेयर आम्दानी क्रमश १.३० रुपैया ऋणात्मक, २.२६ रुपैयाँ ऋणात्मक र २.४४ रुपैयाँ ऋणात्मक रहेको थियो ।
कम्पनीको ७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १.८७ रुपैयाँ ऋणात्मक रहेको छ ।
आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले आफ्नो प्रतिशेयर आम्दानी क्रमश १.९६ रुपैयाँ, १३.७२ रुपैयाँ र १६.७९ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।
आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ को कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ क्रमश ९५.९८ रुपैया , ९६.६० रुपैयाँ र ९४.१३ रुपैयाँ रहेको थियो ।
कम्पनीको ७७/७८ को अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ९१.९९ रुपैयाँ रहेको छ ।
आर्थिक वर्ष ७८/७९, ७९/८० र ८०/८१ मा कम्पनीले आफ्नो प्रतिशेयर नेटवर्थ क्रमश ९६.१० रुपैयाँ, १०९.८३ र १२१.६२ रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।
उक्त वित्तीय प्रक्षेपणको आधारहरु तथा तरिका पुनरावलोकन गरी ठिक छ भनि केपिएन एण्ड एसोसिएट्स, चार्टर्ड एकाण्टेण्ट केशब प्रशाद न्यौपानेले प्रमाणित गरेका छन्।
आईपिओबाट उठेको पुंजीको उपयोग:-कम्पनीले आईपिओबाट उठेको सबै रकम सिभिल , हाइड्रो तथा इलेक्ट्रा मेकानिकल निर्माण कार्य गरे वापत ठेकेदार कम्पनीलाई दिने जनाएको छ ।
आईपिओ पूर्ण बिक्रि नभए कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।
बिक्रि नभएको शेयर कोषले खरिद गर्ने छ र यस वापत कोषले १ लाख सेवा शुल्क पाउने छ ।
त्यस्तै बिक्रि प्रबन्धक रहेको ग्लोबल आईएमई क्यापिटलले १ लाख सेवा शुल्क पाउने छ ।
त्यस्तै सह निष्काशन एनएमबि क्यापिटलले पनि १ लाख सेवा शुल्क पाउने छ ।
ऋण विवरण:-कम्पनीले आयोजना निर्माणको लागि निम्न बमोजिम कर्जा लिएको छ ।
स्वीकृत कर्जा रकम मध्ये २०७८ आषाढ मसान्तसम्म उपभोग गर्न बाँकी कर्जा रकम रु.७४,६३,२१,४९४÷— रहेकोर आयोजना निर्माण अवधिमैभएकोले कर्जा भुक्तानी शुरु भैनसकेको कम्पनीले जनाएको छ ।
त्यस्तै बाँकी रकम २०७८ आषाढ मसान्तसम्म रु. ३,६५,३६,७८,५०६।– कर्जा रकम भुक्तानी गर्न बाँकी रहेको कम्पनीले उल्लेख गरेको छ।
आयोजना निर्माण अवधि सम्पन्न भए पछि मात्र ऋण भुक्तानीको लागि किस्ता निर्धारण गरी भुक्तानी गर्ने व्यवस्था भएको छ। कम्पनीका अनुसार दीर्घकालीन कर्जाः रु. ४,४०,००,००,०००।–
(मिति २०७२।१०।२० गतेको कर्जा सुविधा सम्झौता अनुसार) तथा Bridge Gap Loan रु ५५,००,००,००० (मिति २०७२।१०।२० गतेको कर्जा सुविधा सम्झौता तथा विभिन्न अन्य मितिमा स्वीकृत भएनुसार ।)
हालसम्म लिइएको कर्जा रकमः रु.३,६५,३६,७८,५०६।– (तीन अर्ब पैसठ्ठी करोड छत्तीस लाख अठ्हत्तर हजार पाँच सय छ मात्र ) । यस्को बाँडफाँट भने दशै पछि मात्र हुने भएको छ ।

