मध्य भोटेकोशी जलविद्युत कम्पनीले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओमा ४.५६ गुणा बढीको आवेदन परेको छ।
आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्ममा आईपिओमा २४ लाख ७६ हजार ४ सय ८१ आवेदकबाट
३ करोड ७३ लाख ४८ हजार ४० कित्ताको लागि आवेदन परेको हो ।
कम्पनीले ९० लाख कित्ता शेयर निष्काशन गरेको हो ।
९० लाख कित्ता मध्ये ३ लाख ६० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्काशन हुने शेयरको ४ प्रतिशत
शेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको थियो ।
त्यस्तै ४ लाख ५० हजार कित्ता अर्थात सर्वसाधारणमा निष्कासन हुने शेयरको ५ प्रतिशत शेयर
सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको थियो। बाँकी रहेको ८१ लाख ९० हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।
माग भन्दा बढीको आवेदन परिसकेकोले यो आईपिओ गोलाप्रथाबाट नै बाँडफांड हुने छ ।
यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाउने छन् ।
कम्पनीले यस अघि नै सिन्धुपाल्चोकका स्थानीय, संचय कोषका संचयकर्ता,
कम्पनीको संस्थापक कम्पनीका कर्मचारी, र ऋणदाता कम्पनीका कर्मचारीको
लागि शेयर निष्काशन गरि बाँडफांड समेत गरिसकेको छ।
उनीहरुले सर्बसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन नपाउने
ब्यबस्था गरिएको थियो। यदि आवेदन दिएको भए रद्द हुने छ ।

