न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडले असोज १५ गतेदेखि असाेज १९ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर
(आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबै लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ ।
लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग कुरा गरेका छाैँ ।
क्यापिटलका अनुसार उक्त आईपीओकाे प्री-अलाेटमेन्ट कार्तिक २ गते मंगलबार क्यापिटलकै कार्यालयमा गरिएकाे छ ।
आज प्री-अलाेटमेन्टकाे काम सम्पन्न गरी यसै साताभित्र बाँडफाँड गरिने क्यापिटलले जनाएकाे छ ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियाे ।
जसमध्ये ५% अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष, २% अर्थात् ४५ हजार कित्ता
सेयर कर्मचारीहरुका लागि र बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएकाे थियाे ।
अन्तिम दिन मंगलबार साँझसम्ममा २३ लाख ५७ हजार १ सय ६६ जना आवेदकहरूले
२ करोड ९४ लाख ७७ हजार ६ सय ५० कित्ताका लागि आवेदन दिएका छन् ।
याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा १४.०८ गुणा धेरै हो ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेदाप्रथाबाट बाँडफाँड गरिनेछ ।
गाेलाप्रथाबाट बाँडफाँड गर्दा २ लाख ९ हजार २ सय ५० जना आवेदकहरूले १० कित्ताका दरले सेयर हात पार्नेछन् ।
बाँकी २१ लाख ४७ हजार जना आवेदककाे भने हात खाली हुनेछ ।

