काठमाडौँ- इटालियन क्लब युभेन्ट्सले च्याम्पियन्स लिग फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।
समूह चरण अन्तर्गत बुधबार राति युभेन्ट्सले जेनिट सेन्ट पिटर्सवर्गलाई १-० गोलले हराएको हो ।
युभेन्ट्सको जितमा डिजान कुलुसेभस्कीले ८६औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।
जितसँगै युभेन्ट्स ३ खेलमा ९ अंकसहित शीर्ष स्थानमा रहेको छ । जेनिट ३ अंकसहित तेस्रो स्थानमा छ ।
चितवनको ३० प्रतिशत धानबालीमा क्ष’तिचितवन-
धान भित्र्याउने समयमा परेको अविरल वर्षाले यहाँको धानबालीमा ३० प्रतिशत क्ष’ति पुर्याएको छ ।
पानी र हावाहुरीले धान ढालेर, डुबाएर र बगाएर क्ष’ति भएको हो ।
जिल्लामा २० प्रतिशत हाराहारी धान भित्र्याइएको भए पनि बाँकी धान खेतमै रहेको छ ।
कतिपय काटेर सुकाइएको छ भने कतिपय काट्न नै बाँकी रहेको छ ।
काट्न बाँकी धान पनि ठाढो अवस्थामा छैन ।
कृषि ज्ञान केन्द्र भरतपुरका योजना अधिकृत उमाराज अर्यालका अनुसार जिल्लाको पूर्वी क्षेत्र र माडीमा ५० प्रतिशत धान भित्र्याइसकिएको छ ।
भरतपुर महानगरपालिका क्षेत्रमा १० प्रतिशत मात्रै भित्र्याइएको छ ।
भित्र्याउन बाँकीमध्ये महानगरमा ७० प्रतिशत खडा अवस्थामा र २० प्रतिशत हाराहारी काटेको अवस्थामा रहेकोमा
दुवै धानमा आधाभन्दा बढीमा क्ष’ति पुगेको उनले जानकारी दिए ।
पूर्वी चितवन र माडीमा ३० प्रतिशत काटेको अवस्था र २० प्रतिशत काट्न बाँकी रहेको धान ढलेको छ भने पाँजा पानीले डुबाएको छ ।
जसका कारण दुवै धानमा क्ष’ति पुगेको अर्यालको भनाइ छ ।
चितवनमा यस वर्ष २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो ।
गत वर्षमा २७ हजार ३०५ हेक्टर क्षेत्रफलमा धान खेती भएकोमा एक लाख तीन हजार ४१६ मेट्रिकटन धान उत्पादन भएको थियो ।

