मध्य भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने भएको छ ।
कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने गरी आवश्यक तयारी थालिएको छ ।
क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने तयारी गरेको र अर्को साता बाँडफाँड गर्ने तयारी रहेको जानकारी दिएको छ ।
कम्पनीले गत आसोज २० गतेबाट कुल ९ ० करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गरेको थियो ।
जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९ ० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीले कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता ( ४ प्रतिशत ) कर्मचारीका लागि सुरक्षि गरिएको छ भने ४ लाख ५० हजार कित्ता ( ५ प्रतिशत ) ,
सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको ८१ लाख ९ ० हजार कित्तामा सर्वसाधारणले आवेदन पेश गरेका छन् ।
सामलिङ्गको आईपीओ कतिले भरे ?
सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गते बिहीबार देखि निष्काशन गरेको शेयरमा १४ गुणा भन्दा बढी आवेदन परेको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार
शुक्रबार ४ बजेसम्ममा ७ लाख ८३ हजार ८१३ आवेदकबाट ९ ६ करोड १५ लाख ७ ९ हजार रुपैयाँ बराबरको ९ ६ लाख १५ हजार ७ ९ ० कित्ता शेयर माग गरेको छ ।
यो सर्वसाधारणलाई छुट्याएको ६ लाख ७८ हजार ९ ०० कित्ताको १४.१६ गुणा बढी हो ।
कम्पनीले बिहीबार कार्तिक ४ गते देखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको छ ।
त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी ६ लाख ७८ हजार ९ ०० कित्ता मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।
सो शेयरमा सर्वसाधारणले कात्तिक ८ गतेसम्म आवेदन दिन सक्नेछन ।
कम्पनीको शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा २० हजार कित्ता शेयर खरिदका लागि आवेदन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

