मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले सर्व-साधारणका लागि असोज २० गतेबाट
२५ गते सम्म जारि आईपिओ (IPO) को बाँडफाँड आगामी हप्ता भित्र हुने भएको छ ।
आउँदो सोमबार वा मंगलबारसम्म प्रि-अलटमेन्ट हुन् सक्ने र प्रिअलमेन्टको काम सकिएपछि शुक्रबारसम्म आईपीओ बाँडफाँड हुने क्यापिटलले जनाएको छ।
कम्पनीले पहिलो चरणको ६० लाख कित्ता आयोजना प्रभावित स्थानीयहरुका लागि छुट्याइएको आईपीओको बाँडफाँड असोज ११ गते भैसकेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्बसाधारणलाई बाँकी ९० लाख कित्ता सेयर निष्काशन गरेको थियो ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता
आईपीओ निष्कासनको अनुमति पाएको थियो।कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि ९० लाख कित्ता निष्कासन गरेको हो ।
जस मध्य सर्व-साधारणका लागि निष्काशनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत
अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर
सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधरणले आवेदन दिन दिएका छन् ।
कम्पनीले बिक्रि गर्ने शेयर मध्य भाग्यमानी सर्व-साधारण ८ लाख १९ हजार जना
आबेदकहरुले मात्र १० कित्ताका दरले गोलाप्रथाको माध्यमबाट शेयर हात पार्नेछन् भने बाँकी
१५ लाख ७४ हजार भन्दा बढी आवेदकको हात खालि हुने पक्का पक्की नै रहेको छ।
हाल कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड रहेको छ ।कम्पनीले शेयर सर्वसाधारणमा जारी गरेपश्चात चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्यभोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

