मन्जुश्री फाइनान्स लिमिटेडले आज देखि संस्थापक शेयर लिलामीमा बिक्रि खुल्ला गर्ने भएको छ।
फाइनान्सले ९२ हजार १६६ कित्ता संस्थापक शेयर न्युनतम मूल्य रु. २५० मा शेयर लिलामीमा ल्याएको हो।
कम्पनीको शेयर खरिदको लागि बोलकबोल गर्दा न्युनतम एक हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने छ।
उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनि तथा संस्ठाले कार्तिक १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन।
कम्पनीको शेयर बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
कुमारी बैंकले ३ हजार १६२ कित्ता संस्थापक शेयर बिक्रि गर्ने भएको छ।
शेयरको प्रतिकित्ता मूल्य भने बिक्रेताले तोकेबमिजिम हुनेछ।
शेयर खरिद गर्न इच्छुक कम्पनीमा हाल कायम रहेका संस्थापक हरुले यो सुचना प्रकाशित मितिले १५ दिनभित्र
कम्पनीको प्रधान कार्यालय टंगाल, अथवा बैंकको शेयर रजिस्ट्रार नक्साल काठमाण्डौ मा आइपुग्ने गरि निवेदन पेश गर्नुपर्नेछ।
ज्योति विकाश बैंकले पनि आज देखि संस्थापक शेयर बिक्रि खुल्ला गर्ने भएको छ।
बैंकले १ लाख ८१ हजार ४७० कित्ता संस्थापक शेयर न्युनतम मूल्य रु. १५० कायम गरि लिलामीमा ल्याएको हो।
उक्त कम्पनीको शेयर खरिदको लागि बोलकबोल गर्दा न्युनतम १ हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्ताको माग गर्न सकिनेछ।
शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनि तथा संस्थाले कम्पनीले कार्तिक १७ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछ्न।
एनआईबिएल एस क्यापिटल लिमिटेड उक्त कम्पनीको शेयर बिक्रि प्रबन्धक रहनेछ।

