साहस ऊर्जाका प्राथमिक सेयरधनीहरुले पहिलो दिनमै ४०५० रुपैयाँ कमाउने देखिएको छ।
कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १३५।११ रुपैयाँदेखि अधिकतम ४०५।३३ रुपैयाँको रेञ्ज पाउने देखिन्छ ।
यदि अधिकतम रेञ्जमा कारोबार भयो भने लगानीकर्ताले पहिलो दिनमै ४०५० रुपैयाँ कमाउने छन ।
पहिलो कारोबारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन्।
कम्पनीको आर्थिक वर्ष ७६/७७ को वास्तविक नेट्वर्थ १३५।११ रुपैयाँ छ।
नियमअनुसार पहिलो कारोबार हुनुभन्दा अगाडि स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्जभित्र कारोबार हुनुपर्छ।
त्यसपछि मात्र कम्पनीको नियमित समयमा सेयर कारोबार सुरु हुन्छ।
कम्पनीको आईपीओ बाँडफाँटमा ६ लाख ४४ हजारले १०/१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
कम्पनीले सर्वसाधारण समूहको ७० करोड रुपैयाँमध्ये २ लाख १० हजार कित्ता कर्मचारी
र ३ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषमा रहेकाहरुले प्राप्त गरेका छन्।

