सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म निष्कासन गरेको
साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (कार्तिक १६ गते, मंगलबार) सम्पन्न भएकाे छ ।
उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे कार्यालयमा अहिले बिहान ८:३० बजे गरिएकाे हाे ।
मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे ।
अन्तिम दिनसम्म २१ लाख ९८ हजार ७ सय ६४ जना आवेदकले आवेदन दिएका थिए ।
जसमध्ये ९ हजार ९ सय ८६ जनाको आवेदन रद्द भएको छ ।
योग्य आवेदकको संख्या २१ लाख ८८ हजार ७ सय ७८ जना रहेको थियाे ।
जस अनुसार ६७ हजार ८ सय ९० जनाले मात्र १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् ।
कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि र
५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे ।
सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन पाउँथे ।
आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न
केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ ।
रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट,
निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे वेभसाइट ,
सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे वेभसाइट (https://spcl.com.np/) र मेराे सेयरमा गई
आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

