बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन आन ला’गुपदार्थ प्रकरणमा जे’ल परे ।
छोरा जेल परेपछि शाहरुख मिडियाबाट यति टाढा छन् कि उनी हराएजस्तै भएको छ ।
उनी मिडियाको अगाडि आउन नै खोजिरहेका छैनन् ।
आइबार नोभेम्बर ७ का दिन शाहरुख खानको टीम मुम्बईको कलिना एयरपोर्टमा देखिए ।
स्रोतका अनुसार शाहरुख खान दिल्लीमा एउटा मिटिङ सकेर प्राइभेट जेटमार्फत मुम्बई फर्किएका थिए ।
उनी यसबीचमा क्यामेराबाट लुकेर गए ।
कलीना एयरपोर्टको एउटा भिडियोमा शाहरुखको टीम देखिएका छन् ।
भिडियोमा २ जनाको छाताको ओझेल पारेर शाहरुख कारमा बसेर गइरहेका छन् ।
शाहरुख खान कसैले उनको तस्बिर खिचोस् भन्ने चाहाँदैनन् ।
त्यसैले उनले आफ्नो सेक्युरिटी गार्डलाई छाता ल्याउन लगाए ।
उनी छातामा छेकिएर गाडीमा गएको भिडियोमा देखिन्छ ।
तर, उनीसँग अरु को–को थिए भन्ने पत्ता नलागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
मिडिया रिपोर्टका अनुसार शाहरुख खानलाई अन्तरवार्ताका लागि विदेशी मिडियाहरुले सम्पर्क गरेका थिए ।
सबै शाहरुख खानका छोराको बारेमा जान्न चाहान्थे ।
तर, शाहरुख खानले सबैलाई कुराकानी गर्न अस्वीकार गरिदिए ।एजेन्सी

