बिभिन्न कम्पनीका आईपीओहरु निष्काशन हुने क्रम जारी रहेको छ ।
पछिल्लो समय एकपछि अर्को गर्दै सेयर बजारमा आउनेको संख्या अत्याधिक बढेसँगै कतिपय प्राईभेट
कम्पनीहरु पब्लिक कम्पनीमा परिणत भएर साधारण सेयर अर्थात आईपीओ जारी गरिरहेका छन् ।
यसैक्रममा एकदमै राम्रो वित्तीय अवस्था भएको आईपीओ आउने भएको छ ।
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर अर्थात आईपीओ जारी गर्ने तयारी गरिरहेको हो ।
जुन राष्ट्रिय स्तरको नेपाल राष्ट्र बैँकबाट घ वर्गको ईजाजत पत्र प्राप्त लघुवित्त वित्तीय संस्था हो ।
जसको केन्द्रिय कार्यालय म्याग्दीको बेनीमा रहेको छ ।
यो शालिग्राम लघुवित्तसँग मर्ज भएको लघुवीत्त हो ।
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ९५ हजार ३ सय ३५ कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
यसको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहने छ ।
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ईपीयस ९०.८८ रहेको छ ।
अर्थात यसले एक कित्ता सेयर बराबर ९० रुपैयाँ ८८ पैसा कमाउने गरेको छ ।
यो लघुवित्तको बुक भ्यालु भने २ सय २७ रुपैयाँ २९ पैँसा रहेको छ ।
यति सम्म बुक भ्यालु भएको सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयर
१ सय रुपैयाँमा सर्वसाधारणका लागि आईपीओको रुपमा जारी हुनेछ । जुन एकदमै राम्रो अवसर हो ।
यस लघुवित्तले अझै पनि आईपीओ जारी गर्ने मिति सार्वजनिक गरेको छैन् ।
यस अघि महिला लघुवित्त र जीवनविकास लघुवित्त जस्तै यो पनि धेरै माथी सम्म पुग्ने आईपीओ भएकाले भर्न नछुटाउनु होला ।

