समिट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
संस्थाले बुधबार संस्थाको १२ हजार ५०० कित्ता संस्थापक सेयर बिक्री खुला गरेको हो ।
उक्त बिक्री खुला भएको सेयर समिटका संस्थापक सेयरधनीले बिक्री गर्न लागेका हुन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
सो सेयर खरिद गर्न इच्छुकले सेयर संख्या र रकम कबोल गरी कम्पनीको केन्द्रीय कार्यालय गोरखा–१३ पुग्ने गरी निवेदन पेस गर्नपर्नेछ ।
संस्थाले तोकेको अवधिसम्म संस्थापक सेयरधनीबाट आवेदन नपरेमा अन्य व्यक्तिलाई पनि खुला गरिने संस्थाले जारी गरेको सूचनामा उल्लेख छ ।
अरुण काबेली पावर लिमिटेडकाे गत भदौ २६ मा सम्पन्न ११ औं वार्षिक साधारण सभाले १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको आव २०७७।७८ को मुनाफाबाट १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत सो सभाले पारित गरेको छ ।
कम्पनीले साधारण सभामा पारित गरे अनुसार हकप्रद शेयर बापत् कम्पनीलाई प्राप्त भएको रकमले कम्पनीको ऋण भुक्तानी गर्ने उल्लेख गरेको छ ।
विद्युत नियमन आयोगको नयाँ निर्देशिका अनुसार नयाँ आयोजना प्रस्ताव नगरी ऋण तिर्ने प्रयोजनकै लागि मात्रै हकप्रद शेयर निष्काशन गर्न पाईदैंन ।
कम्पनीका अनुसार आव २०७७।०७८ मा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको अगुवाईमा नबिल बैंक,ग्लोबल आइएमइ बैंक,लक्ष्मी बैंक,
प्रभु बैंक तथा हाईड्रो ईलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनीको कन्सोर्टियमबाट परियोजना निर्माणका लागि लिएको ३ अर्ब
४२ करोड रुपियाँ ऋणलाई स्थानान्तरण गरी मेगा बैक नेपाल लिमिटेडमा ५ वर्षको लागि स्थिर व्याजदर कायम गरी आयोजनाको सम्पूर्ण कर्जा स्थानान्तरण गरिएको छ ।
सोही ऋण तिर्ने प्रयोजनको लागि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।
अरुण काबेलीले हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रवन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्ति दिइसकेको छ
यसको जानकारी धितोपत्र बोर्डलाई समेत गराइसकेको अवस्था छ ।
जलविद्युत कम्पनीको हकप्रद शेयर निष्काशन गर्न सबैभन्दा पहिला विद्युत नियमन आयोगबाट स्वीकृति लिनुपर्छ ।
आयोगको स्वीकृतिपछि नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि बल्ल हकप्रद शेयर निष्काशन गर्न पाइन्छ ।
कम्पनीको १ अर्ब ५८ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । गत आवको १७ प्रतिशत बोनस शेयर सुचीकृत भएपछि कम्पनीको चुक्ता पुँजी १ सय ८५ करोड ५१ लाख रुपैयाँ पुग्नेछ ।
कम्पनीले सो बराबरको हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेको हो ।

