नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो
त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जस अनुसार नाफा घटेकाे देखिएकाे छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ७० लाख ३३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।
यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ९६.९३ प्रतिशतले कम हो ।
गत वर्षको सोहि अवधिमा कम्पनीले २२ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीले सेयर लगानी नोक्सानी बापत १८ करोड ८ लाख ८९ हजार रुपैयाँ छुट्याएका
कारण खुद नाफा उल्लेख्य घट्न पुगेको हो ।
असोज मसान्तसम्म कम्पनीले ९ अर्ब ७४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।
यस्तो आम्दानी गत वर्षको सोहि अवधिको तुलनामा ९.२१ प्रतिशतले धेरै हो ।
गत वर्ष कम्पनीले ८ अर्ब ९२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

