कसैले सामाजिक सञ्जालमा निराधार र अ’पवाह फैलाएमा ५ वर्ष कै’द सजायको नियम लागू भएको छ । साउदी अरबमा केही दिन महिलामाथि दुर्व्यव’हार भएको खबर आएपश्चात त्यहाँका अधिकारीहरुबाट यस्तो चेतावनी आएको हो ।
यसअघि रियादमा आयोजना हुन लागेको कन्सर्ट रद्द भएपछि त्यहाँबाट फर्किरहेका महिलामाथि दुर्व्यव’हार गरिएको खबर सार्वजनिक भएको थियो ।
केही महिलाले बीबीसीसँगको कुराकानीमा कन्सर्टपछि जे जति भयो, त्यसबारे पोस्ट गर्न मानिसहरु ड’राइरहेको बताएका छन् ।
साउदी इन्टरटेनमेन्ट चिफ टर्की अल–शेखले ट्वीट गर्दै महिलामाथि भएको दुव्र्यवहा’रको दाबी खारेज गर्दै यसलाई फर्जी बताएका छन् ।
यही १४ जनवरीको बेलुका रियादमा कोरियाली पप ब्यान्ड स्ट्रे किड्सको एउटा साङ्गीतिक कन्सर्टको आयोजना हुन लागेको थियो ।
तर, भारी वर्षा र अत्यधिक वेगको हावाका कारण यसलाई अन्तिम समयमा रद्द गरिएको थियो । त्यसपछि आयोजना स्थलबाट बाहिर निस्किरहेका मानिसबीच भागदौ’ड मच्चिएको थियो ।
तर, केही मानिसले दुव्र्यवहारको घ’टना अस्वीकार गर्दै कन्सर्ट रद्द गर्नका लागि केही आयोजकले समर्थन गरेको बताएका थिए ।
तर, कतिले भने स्वतन्त्र विचारधाराको मुलुकको रुपमा साउदी अरबको छविलाई हानी पुर्याउन सक्ने व्यक्तिहरुलाई चुप गराउन चाहेको बताएका छन् । – एजेन्सी

