शिक्षक सेवा आयोगले केही समयअघि खोलेका विज्ञापनहरुबारे रहेका अन्यौलहरुमा प्रष्ट पारेको छ । माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा रिक्त शिक्षक पदपुर्तिको लागि विज्ञापन आह्वान गरेपछि त्यससँग सम्बन्धीत विभिन्न सूचनाहरू जारी गर्दै आवेदकहरूको अस्पष्टतालाई ध्यानमा राखी आयोगले स्पष्ट पार्दै सूचना जारी गरेको हो ।
आयोगले माध्यमिक तहमा एक प्रदेशबाट एक विषयमा मात्र दरखास्त दिन सकिने बताएको छ । मंसिर २९ गते आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुलातर्फको विज्ञापन जारी गरेको थियो ।
सो विज्ञापनको सन्दर्भमा उम्मेदवारहरूले एकभन्दा बढी प्रदेशमा प्रतिस्पर्धा गर्न मिल्ने वा नमिल्ने विषयमा सोधनी भइ आएकाले आयोगले सूचना जारी गरी स्पष्ट पारेको हो ।
त्यसैगरी आयोगले माध्यमिक र निम्नमाध्यमिक तहको सामाजिक विषयमा दरखास्त दिन सकिने शैक्षिक योग्यताबारे स्पष्ट पारेको छ ।
आयोगले माध्यमिक तहको विज्ञापन संशोधन गरेको छ । आयोगले थप दरबन्दी विवरण प्राप्त भएको भन्दै संशोधित विज्ञापनको सूचना निकालेको हो ।
आयोगले निम्न माध्यमिक तहको विज्ञापन संशोधन गरेको छ । आयोगले थप दरबन्दी विवरण प्राप्त भएको भन्दै संशोधित विज्ञापनको सूचना निकालेको हो ।
आयोगले संस्कृत तर्फका विषयमा स्पष्ट पारेको छ ।
यस्तै, शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने म्याद थपेको छ । आयोगले शुक्रबार सूचना जारी गर्दै म्याद थप गरेको जानकारी गराएको हो ।
‘शिक्षक सेवा आयोगबाट प्रकाशित माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको अनलाइन दरखास्त फाराम भर्ने सिंगल दस्तुरको अन्तिम म्याद मिति २०७८/०९/२९ र दोब्बर दस्तुरको अन्तिम म्याद २०७८/१०/६ गतेसम्म तोकिएकोमा दरखास्त भर्ने उम्मेदवारहरूको सुविधालाई ध्यानमा राखी
सो म्याद २ दिन थप गरी क्रमशः सिंगल दस्तुरको मिति २०७८/१०/१ गते राती ११ः५९ बजेसम्म र दोब्बर दस्तुरको मिति २०७८/१०/८ गते राती ११ः५९ बजेसम्म म्याद थप गरिएकाले सिंगल दस्तुर तिरी दरखास्त बुझाउने अवधि दरखास्त दिने दिनेको भोलिपल्ट
बैकिङ कारोबार हुने समयभित्र र दोब्बर दस्तुर तिरी दरखास्त पेश गर्नेको हकमा सोको अन्तिम दिनको भोलिपल्ट बैकिङ कारोबार हुने समयभित्र अनिवार्य रूपमा बुझाउनु पर्ने व्यहोरा आयोगको मिति २०७८/९/३० को निर्णयअनुसार जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ आयोगद्वारा जारी सूचनामा भनिएको छ ।
हेर्नुहोस् सबै सूचनाहरुः









