केही महिनाअघि आइपिओ जारी गरेर दोस्रो बजारमा लिस्टिङ भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) का लगानीकर्ताहरुका लागि सकारात्मक सन्देश आएको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकले ४४ करोड २६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २५.६६ प्रतिशतले धेरै हो । गत वर्षको यसै अवधिमा बैंकले ३५ करोड २२ लाख ५५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समिक्षा अवधिसम्म बैंकको खुद व्याज आम्दानी पनि ४४.६१ प्रतिशतले बढेर ८२ करोड ३५ लाख ५६ हजार रूपैयाँ पुगेको छ ।
गत वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ५६ करोड ९४ लाख ८५ हजार रूपैयाँ रहेको थियो ।
दोश्रो त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि २५।५७ प्रतिशतले बढेर ६३ करोड २३ लाख २१ हजार रूपैयाँ पुगेको छ ।
गत वर्ष बैंकले ५० करोड ३५ लाख ७६ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
यसै अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३४ करोड ८६ लाख ४४ हजार रुपैयाँ रहेको छ।
त्यस्तै, बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ र जगेडा कोषमा २ अर्ब ८४ करोड ४४ लाख ६ हजार रुपैयाँ सञ्चित रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी ९ ईपीएस० ४ रुपैयाँ ४३ पैसा, प्रतिसेयर नेटवर्थ ११४ रुपैयाँ २२ पैसा र मूल्य आम्दानी अनुपात ८८.७६ गुणा रहेको छ ।

