कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै ओमिक्रोन भेरियन्ट तीव्र रुपले फैलिरहेकोले परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा समेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थागित गरेको छ।
बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरसको तेस्रो लहर सुरु भएसँगै ओमिक्रोन भेरियन्ट तीव्र रुपले फैलिरहेकोले परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।
शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार भोलि र पर्सिको इन्ट्रान्स परीक्षा हुन्छ । उनले भने, ‘त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेका छौं ।’

यस्तै, लोक सेवा आयोगले पूर्व निर्धारित सबै लिखित परीक्षा कार्यक्रम स्थगित गरेको छ ।
आयोगका उपसचिव एकनारायण शर्माले सूचना प्रकाशित गर्दै आयोगका कर्मचारीमा कोभिड–१९ संक्रमण देखिएकाले माघ ११ गतेदेखि माघ मसान्तसम्म सञ्चालन हुने गरी पूर्वनिर्धारित परीक्षा स्थगित गरिएका जनाएका छन् ।
लिखित परीक्षा बाहेकका पूर्व निर्धारित कार्यहरू यथावत रूपमा सञ्चालन हुने निर्णय समेत आयोगले गरेको छ ।


