अभिनेता पल शाहसँगको सम्बन्धमा नाम जोडिएकी चर्चित गायिका समीक्षा अधिकारीले आफ्नो सम्बन्धको वास्तविकता खोल्ने संकेत गरेकी छिन् ।
समीक्षाले बिहीबार फेसबुकमा स्टाटस पोस्ट गरेकी छिन् । जहाँ उनले अभिनेता पल शाहसँगको सम्बन्धबारे यथार्थ खुलाउने उल्लेख गरेको स्पष्ट हुन्छ । समीक्षाको नाम केही महिनायता पलसँग जोडिँदै आएको छ ।
यसअघि पलसँग जोडिएर गसिपहरु आउन थालेपछि उनले फेसबुकमा स्टाटस लेख्दै आफू र पलबीच प्रेम सम्बन्ध नरहेको बताएकी थिइन् ।
पलले आफूलाई अभिभावकको हिसाबले माया गर्ने गरेको भन्दै आफू पलको फ्यान मात्र भएको उनले बताएकी थिइन् ।
तर, बिहीबार समीक्षाले सोही समयको स्टाटसको स्क्रिनसट पोष्ट गर्दै लेखेकी छन् ‘म लामो केही भन्दिन, २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ ।
जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदैछ, यथार्थ खुलाउनेछु ।’ समीक्षाको यो स्टाटससँगै पल शाहसँग जोडिएर आएका कुराहरु हल्ला नभएको संकेत देखिन्छ ।
योसँगै उनी आफैंले यसबारे प्रष्ट पार्ने संकेत देखिएको छ ।

