नेकपा माओवादी केन्द्रलाई झड्का लागेको छ । पार्टी छाडेर नेकपा एमालेमा यति बेला कार्यकर्ता प्रबेशको लहर चलेको छ ।
पछिल्लो समय सुदुरपच्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका प्रभावशाली हस्तीहरु एमाले सचिव लेखराज भट्टले माओवादीमा रहेका इमान्दार जति सवै भित्र्याउने अभियान चलाएपछि पुपकमल दाहाल प्रचण्डको भ्रमबाट मुक्त भएको भन्दै एमाले प्रवेश गर्नेको लहर चलेको हो ।
यही क्रममा प्रचण्डका दाहिने हात मानिने गोदावरी नगरपालिका–४ माओबादी केन्द्रका उपाध्यक्ष नरेश बहादुर सिंह आफ्नो टीमसहित नेकपा एमाले प्रबेश गरेका छन् ।
सिंहलाई एमाले सचिव लेखराज भट्टको उपस्थितीमा एमालेमा प्रबेश गराइएको हो । सचिब भट्टले उनलाई खादा र अबिर लगाएर एमालेमा स्वागत गर्रेका थिए ।
सो क्रममा भट्टले अव सुदुरपश्चिममा मात्रै नभई देशभरका माओवादीमा रहेका इमान्दार नेता कार्यकर्ता एमालेमै फर्कनुको बिकल्प नरहेको बताए ।
एमाले प्रवेश गरेपछि सिंहले प्रचण्ड मुलुककै समस्या हो भन्ने कुरा पुष्टि भएको र आफ्नो भ्रम पनि टुटेकोले एमाले रोजेको बताए ।
मोओबादी केन्द्रको निती, बिचार र सिद्धान्त मुलुक बनाउने होइन, बिगार्ने र अस्थिरता मच्चाउने रहेको तथ्य बोध गरेपछि सो पार्टी परित्याग गरेको सिंहले बताए।
पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले गोदावरी नगरकमिटी अध्यक्ष गोकर्ण भट्ट, वडा नम्बर ४ का वडा अध्यक्ष रबिन्द्र रोक्का मगर, जिल्ला कमिटी सदस्य हितेश ओझा लगायतको सहभागीता रहेको थियो ।

