सार्वजनिक मञ्चबाटै नरसं हारको ध म्की दिन मिल्छ रु त्यो पनि बहालवाला मन्त्रीले रु कानुनी, नैतिकता कुनै पनि हिसाबमा मिल्दैन ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव यस्तै हिं सात्मक अभिव्यक्तिका कारण संकटमा परेकी छन् । त्यही कारण उनको राजीनामाको माग व्याप्त भएको छ ।
रौतहट जिल्ला सदरमुकाममा बुधबार मन्त्री यादवले सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा। सिके राउतको ज्या न लिने ध म्की दिएकी थिइन् ।
त्यसका लागि उनलाई घे राबन्दी गरी ह त्या गर्न कार्यकर्तालाई उ क्साएकी थिइन् ।
निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर ह त्या फोरमकै नेतृत्वमा भएको स्वीकारोक्तिसमेत दिइन् ।
मन्त्री यादवको भनाइलाई लिएर देशव्यापी वि रोध तीव्र भएको छ ।
यसले कानुनी राज्यको उपहास गरेको, ह त्या हिं सालाई प्रश्रय दिएको, शान्ति प्रक्रियामा गइसकेको शक्तिलाई बिथोलेर समाजमा अशान्ति ल्याउने वातावरण निम्त्याएको बुद्धिजीवीहरुको ठम्याइँ छ ।
मन्त्री यादवलाई बर्खास्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गरेका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

