चर्चित नायिका रेखा थापाको बिहेको तयारी भएको छ । सबै कुरा ठीकठाक भए आगामी बैशाखमा अभिनेत्री रेखा थापा बिहे बन्धनमा बाँधिने भएकी छिन् ।
उनी निकट स्रोतकाअनुसार नयाँवर्षमा एक अमेरिकी गैरआवासीय नेपालीसँग उनले बिहे गर्न लागेकी हुन् ।
स्रोतका अनुसार ती युवकबीच रेखाको बिहेको मगनी अन्तिम चरणमा पुगेको छ । ‘सबै कुरा ठीकठाक भए फागुनमा इन्गेजमेन्ट र बैशाखमा बिहे हुने तयारी छ’ स्रोतको दाबी छ ।
३९ वर्षिया रेखाले बिहेको लागि अहिले तयारी गरिरहेकी छिन् । फिल्म निर्माता छवि ओझासँग पहिलो बैबाहिक सम्बन्ध टुंगिएयता रेखा सिंगल थिइन् ।
हालैको एक टिभी अन्तवार्तामा पनि रेखाले आफूले लभ र एरेन्ज बिहे गर्न लागेको खुलाएकी थिइन् ।
स्रोतका अनुसार रेखाको बिहेका लागि परिवारले तयारी गरिरहेको छ । उनको हुनेवाला दुलाह बारेमा भने कुनै खबर बाहिरिएको छैन ।
उनको बिहे खबरले सोसल मिडिया पनि तातिरहेको छ ।
आफन्तहरुका अनुसार रेखाले अमेरिकामा बस्ने ठकुरी थरका एक व्यक्तिसँग विवाह गर्न लागेकी हुन् ।
एक टेलिभजनका अनुसार रेखाको विवाहका लागि अमेरिकामा रहेका ठकुरी थरका व्यक्तिलाई रेखाकी दिदी तारा राणाले खोजी दिएकी हुन्।
छविराज ओझासँग पहिलो विवाह गरेकी रेखाले केही वर्षको वैवाहिक जीवनपछि सम्बन्ध विच्छेद गरेकी थिइन् ।

