भीम रावलको गर्जनः देउवाको सम्बोधन चुनावबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो
प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा त्रुटी रहेको भन्दै नेकपा एमालेका नेता भीम रावलले टिप्पणी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनमा उनले प्रश्न उठाएका हुन् ।
शनिबार सामाजिक सञ्जालबाट प्रतिक्रिया दिँदै नेता रावलले प्रधानमन्त्रीको सम्बोधन राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन रहेको बताएका छन् ।
उनले प्रधानमन्त्रीको सम्बोधन संविधान र लोकतन्त्रको पक्षमा चुनावबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो रहेको पनि बताए ।
‘प्रधानमन्त्री देउवाको भाषण ध्यानपूर्वक पढियो । राष्ट्रिय हित, स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन !
कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो!’ उनले भनेका छन् ।
‘प्र।मं। देउवाको भाषण ध्यानपूर्वक पढियो।राष्ट्रिय हित,स्वाधीनता र स्वाभिमानसम्बन्धी संवेदनशील र जनसरोकारका विषयमा मौन!
कसैले घाँटीमा अँठ्याए जस्तो, कुर्सी जाने डरले लम्पसार पथमा कायरले पाइला टेके जस्तो, संविधान र लोकतन्त्रको पक्षमा चुनाउबारे स्पष्ट बोल्न नसकी कब्जियत भए जस्तो!’

