नेपाल प्रहरीका २ जना कर्मचारीमाथि कार’वाही भएको छ । मोबाइल ग्यालरीबाट मोबाइल चो’री गर्ने दुईजना प्रहरी नि’लम्बनमा परेका हुन्।
प्रहरी हवल्दार होमबहादुर माल र जवान भरतबहादुर बुढाल निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले उनीहरूवि’रुद्ध चो’रीको मु’द्धा दर्ता भएर पाँच दिनको म्याद थप भएको बताएको छ।
‘पक्राउ परेकाहरु म्याद थप हुने वित्तिकै स्वतः निलम्बनमा परेको हुन् ।
धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरीमा ला’गूऔ’षध का’रोबार भइरहेको भन्ने सूचनाका आधारका पुगेका माल र बुढालले चोरी गरेको सीसी क्यामेराको भिडियो सार्वजनिक भएको थियो।
भिडियो सार्वजनिक भएपछि जिल्ला प्र्रहरी कार्यालय कैलालीले मु’द्धा दर्ता गर्दै उनीहरुलाई हि’रातसमा राखेर अ’नुसन्धान अगाडि बढाएको हो।

