नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी चर्चित नेता एमालेमा फर्किएका छन् ।
सर्लाहीको हरिपुर नगरपालिका उपमेयर रेणुका काफ्ले नेकपा एकीकृत समाजवादी पार्टी परित्याग गरी एमालेमै फर्किएकी हुन् ।
काफ्ले सर्लाहीकी चर्चित नेतामध्येमा पर्छिन् । उनले २०७४ सालको स्थानीइ निर्वाचनमा एमालेबाट चुनाव जितेकी थिइन् ।
पार्टीभित्रको आन्तरिक द्वन्दवका कारण माधव नेपाल संस्थापन समूहबीच पार्टी विभाजन हुँदा उनले नेकपा एकीकृत समाजवादी को पक्षमा सनाखत गरेकी थिइन् ।
पार्टीका महासचिव शंकर पोखरेलले उनलाई पार्टीमा स्वागत गरेका थिए । एमाले नेता प्रभु साहका अनुसार काफ्ले निकटका दर्जनौं कार्यकताले पनि नेकपा एस परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी वर्ष तीनै तहको निर्वाचन हुने भएकाले तयारी थाल्नका लागि प्रदेश कमिटीलाई निर्देशन दिएका छन् ।
प्रचण्डले सातै प्रदेश कमिटी इन्चार्ज र अध्यक्ष एक पृष्ठको पाँच बुँदे परिपत्र गर्दै निर्वाचनका लागि अहिलेबाटै तयारीमा जुट्न निर्देशन दिएका हुन् ।
‘आगामी वर्ष २०७९ निर्वाचन वर्ष हुने कुरा स्पष्ट नै छ । त्यसैले यसका निम्ति आवश्यक अध्ययन, विश्लेषण र योजना निर्माण कार्यका लागि पहल शुरू गर्न निर्देशन दिइन्छ,’ परिपत्रमा भनिएको छ ।
त्यसैगरी यही माघ १२ गते हुन गइरहेको राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन भूमिका खेल्न पनि उनले पार्टीमा निर्देशन दिएका छन् ।
‘यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको उम्मेदवारहरूलाई विजयी बनाउन समन्वयात्मक ढंगले परिचालित हुन र गर्न निर्देशन दिइन्छ,’ उनले भनेका छन्।
त्यसैगरी केन्द्रीय कमिटीको निर्णयले अर्को व्यवस्था नगरेसम्म हालका कमिटीलाई जिम्मेवारी सम्हाल्न पनि परिपत्रमा भनिएको छ ।

