मोरङको केराबारी गाउँपालिका–८ का २६ वर्षीय बाबुराम भट्टराई हराएको १२ दिनपछि मृ’त भेटिएका छन् ।
उनको श’व आइतबार चारकोशे जंगलमा फेला परेको हो ।
खोर्साने केराबारी सडकको आमजुंगी विश्वकर्मा मन्दिरदेखि झण्डै २ किलिमिटर पूर्व देवीझोडा जाने भित्रि सडकदेखि १ किलोमिटर उत्तर चारकोशे जंगलभित्र ढलेको रुखको जराभित्र लुकाई राखेको अवस्थामा श’व सडेको अवस्थामा फे’ला परेको प्रहरीले जनाएको छ । भट्टराई गत पौष २७ गतेदेखि हराइरहेका थिए ।
केराबारी भोगटेनी रामपुर चल्ने सार्वजनिक बसमा सहचालक रहेका भट्टराई मच्छिन्द्र मेला लागिरहेको समयमा पुस २८ गते बेलुकादेखि हराएका थिए ।
उनी सम्पर्कमा नआएपछि हुलियासहित हराएको उजुरी प्रहरीमा दिएको दाजु भुपेन्द्र भट्टराइले बताए ।
पुस २३ देखि २९ सम्म लागेको मच्छिन्द्र मेलामा २८ गते मंगलबार दिउँसोसम्म मेला गएको उनलाई देखेको स्थानीयको भनाइ छ ।
मेला झ’गडा भएको र ह’त्या गरेपछि श’व लुकाउन जंगलमा फालेको हुनसक्ने भएकोले प्रहरीले गहन रूपमा अनुसन्धान गरि घटनाको सत्यतथ्य बाहिर ल्याएर दो’षिलाई सार्वजनिक गरि कार’बाही गरिनुपर्ने आफन्तको माग रहेको छ ।
गाईवस्तु चराउन गएका केराबारी–८ का रामबहादुर खत्री र मनोरथ कोइरालाले दुर्गन्ध आएपछि हेर्न जाँदा कुहिएको अवस्थामा रुखको जराभित्र लुकाई राखेको अवस्थामा श’व देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको प्रकृति हेर्दा उनको ह’त्या गरी फालिएको हुनसक्ने प्रारम्भीक अनु’सन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बताए ।

