राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दु राष्ट्र, राजसंस्था, पार्टीको झन्डालगायतका विषयमा निर्वाचन आयोगले उठाएको प्रश्नमा आपत्ती जनाएका छन् । उनले यस्तो कुरा संविधानको मर्म र भावनाविपरीत रहेको बताएका छन् ।
यसको कानुनी र राजनीतिक उपचार खोज्ने बताउदै लिङ्देनले भने – निर्वाचन आयोगको जुन पत्र छ, यसलाई हामिले गम्भिरता पूर्वक लिएका छौं । यो संविधानको भावना र मर्म विपरित छ ।
खासगरी दल दर्ता सम्बन्धि संविधानको धारा २६९ ५ मा प्रष्ट सँग उल्लेख छ भने राजनितिक दलको उद्देश्य र चुनाव चिन्हले साम्प्रादायिक, धार्मिक एकतामा खलल पार्ने र खण्डित पार्ने किसिमको हुनुहुँदैन मात्र लेखिएको छ ।’
उनले आयोगले लेखेको १, ४ र ५ नम्बरको बुँदा आपत्तिजनक रहको पनि बताए । उनले भने (‘अन्य कुनै कारणले दलको नाम, उद्देश्य र चिन्हमा निर्वाचन आयोगले प्रश्न उठाउन सक्ने कहि पनि देखिदैन ।
तर, दल दर्ता सम्बन्धि धारा २६९ र अर्को दल सम्बन्धि नै धारा २७० , जहाँ कुनै राजनितिक पार्टीलाई आस्थाका आधारमा प्रतिबन्ध लगाउने व्यवस्था छैन । यी दुवै धाराको मर्मविपरित निर्वाचन आयोगले जुन पत्र लेखेको छ ।
पत्रको पनि १, ४ र ५ नम्बरको बुँदा आपत्तिजनक छ । फेरि पनि भन्छु, यो संविधानको भावना र मर्म विपरित छ । यसलाई राप्रपाले गम्भिर रुपमा लिएको छ । यसको संवैधानिक र राजनितिक उपचार खोज्छौं । ू
निर्वाचन आउँदै गर्दा , यस्तो समस्या आउँदा तपाईलाई चुनौती पनि भयो नी भन्ने प्रश्नमा उनले भने (-‘निर्वाचन आयोगले गाई चिन्ह हटाउन भनेको छ । राप्रपाले लामोसमयदेखि राष्ट्रिय जनावर गाई राखेका छौं । यो सबै पूर्वाग्रही हिसाबले गरेको देखिन्छ । यसबारे हामिले निर्वाचन आयोगसँग छलफल गरिरहेका छौं । ‘
यसमा तपाईहरुको केही बदलाव आउँछ भन्ने प्रश्नमा उनले आफूहरु आफ्नो अडानबाट पछि नहट्ने पनि बताए । उनले भने, ‘हामि आफ्नो अडानबाट पछि हट्दैनौं । संविधानले दिएको जुन सुविधा छ ।
नेपालको संविधानको प्रस्तावनामा कुनै पनि चीजमा अपरिवर्तनिय छ भनेर लेखिएको छैन । गणतन्त्र, धर्मनिरपेक्ष, संघियता यी अपरिवर्तनिय होइनन् । यीनलाई परिवर्तन गरेर उद्देश्यका साथ राजनितिक दल खोल्न पाइने संविधानमा उल्लेख छ । हामि पछि हट्ने भन्ने कुरा आउँदैन ।’
राप्रपालाई निष्कृय र कमजोर बनाउन खोजिएको पनि बताए । राजसंस्था देशको अवश्यकता भएकोले ढिलो चाडो स्थापना हुने उनले दाबी पनि गरे । उनले भने , ‘राजसंस्था देशको अवश्यकता हो । यो ढिलो चाडो स्थापना हुन्छ ।
राष्ट्रिय एकताको लागि राजसस्था अपरिहार्य छ । यो अनिर्वा छ , भन्ने राप्रपाका निष्कर्ष हुन्छ । राजतन्त्र ढिलो चाडो स्थापना हुन्छ भन्ने हाम्रो विश्वास छ ।’
कुनै राजनीतिक पार्टीको लागि एउटा चुनाव हार्दैमा उसको एजेण्डा समाप्त नहुने भन्दै उनले एउटा निर्वाचन मात्र सबैथोक नभएको पनि बताए ।
उनले भने , ‘नेपालका राजनितिक दलहरुको बन्धक जस्तो बनेको छ देश । जनता अहिले कांग्रेस र कम्युनिष्ट पार्टीसँग सन्तुष्ट छैनन् र उनीहरुको क्रियाकलापप्रति गम्भिर असन्तुष्टि व्यक्त गरिरहेका छन् ।
तर भोट दिने बेलामा उनीहरुलाई नै दिइरहेका छन् । राप्रपाले यसलाई चिर्न बर्तमान अव्यवस्था, कुशासन र भ्रष्टतन्त्रको कारक र तीनका बाहक कांग्रेस कम्युनिष्ट मात्र होइन हामि मतदाता पनि दोषि छौं ।
तपाईले दिएको भोट नै अहिलेको विकृतिको सहयोगी बनेको छ भनेर अब हामिले जनतालाई बुझाउन सक्नुपर्ने हुन्छ ।’
अब राप्रपाको नयाँ एजेन्डा के छ, राप्रपामा अब के परिवर्तन देख्ने भन्ने प्रश्नमा उनले भने , ‘राप्रपाका कुनैपनि नेता तथा कार्यकर्तालाई काम नगरि नेता बन्न नपाउने व्यवस्था गरेका छौ ।
युवाहरुको सहभागीतालाई बढाउँदै लान्छौं । राप्रपा सबैको प्रिय पार्टी बनाउँछौं । अब राप्रपा जनताको आशा र भरोसाको पार्टी बन्न सक्छ भन्ने नयाँ आशा जगाउँछौं ।’
उनले राप्रपा एमालेसँग मिल्ने कुरा भएको तर यसबारे कुनै टुंगो नलागेको बताए। उनले भने, ‘राप्रपा एमालेसँग मिल्ने कुरा भएको छ, तर कुनै टुंगो लागेको छैन । यसबारे हामिले कुनै धारणा बनाएका छैनौं । निर्वाचन नजिक आएपछि नै थाहाँ हुन्छ ।’
चितवनमा प्रचण्डलाई हराउने र विक्रम पाण्डेलाई एमालेसँग तालमेल गरेर जिताउने कुरा सत्य हो भन्ने प्रश्नमा उनले भने (, ‘यस्ता सम्भावनाहरु सधै जिवित रहन्छ । नेपालको राजनितिमा गठबन्धको सस्कृति विकाश भएको छ ।
सबै राजनितित दलहरुले कसैन कसैसँग तालमेल गरेर चुनाव लडिसकेका छन् ।
यस्तो असम्भव छैन । तर अहिले ठाउँ बिशेष र व्यक्ति बिशेषलाई हामिले दृष्टीमा राखेर त्यस प्रकारको कुनै तयारी गरेको छैन ।’ क्यानडा नेपालसँगको कुराकानीमा आधारित ।

