नेपाली सेनाले सबै परीक्षा कार्यक्रम स्थगित गरेको छ ।
खुला प्रतिस्पर्धाबाट जनशक्ति छनौट गर्न विभिन्न तहमा विज्ञापन आह्वान गरेको नेपाली सेनाले सबै परीक्षा कार्यक्रम स्थगित गरेको हो ।
सेनाले विभिन्न पदको लिखितलगायतका परीक्षा यसअघि नै तय गरेको थियो ।
कोभिड–१९ महामारी द्रुत गतिमा फैलिएसँगै वार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनौट परीक्षा कार्यक्रम
माघ ११ बाट लागू हुने गरी स्थगित भएको नेपाली सेनाले जनाएको छ ।
स्थगित परीक्षा कार्यक्रम अवस्था सहज भएपछि तय गरिने जंगी अड्डाको भनाइ छ ।
नेपाली सेनाको दरबन्दीमा रिक्त रहेका विभिन्न पदहरुको आ।ब।०७८र७९ को बार्षिक कार्यतालिका अनुसार सञ्चालित भर्ना छनौट परीक्षा कार्यक्रमहरु
दरखास्त संकलनदेखि अन्य सम्पूर्ण छनौट प्रकृयाहरुमिति २०७८-१०-११ गतेबाट अर्को सूचना प्रकाशन नभएसम्मको लागि स्थगित गरिएको नेपाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले जनाएको छ ।
पाली सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाले सैनिक जवान सैन्य पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।
२०७८-०५-१८ गतेको गोरखापत्र दैनिकमा प्रकाशित विज्ञापन अनुसार सैन्य पद दरखास्त दिई सम्पूर्ण परीक्षामा सफल भएका उम्मेदवारहरुको अन्तिम नतिजा आइतबार राति प्रकाशन भएको हो ।

