सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । प्रदेश १ मा हुने राष्ट्रिय सभाको निर्वाचन निकै रोचक हुने देखिएको हो ।
सत्ता गठबन्धन र प्रतिपक्षी एमालेबीच कडा प्रतिस्पर्धा हुने यो प्रदेशमा एक जना सांसद र पालिका प्रमुख र उपप्रमुखको भाऊ निकै बढेको छ ।
झिनो मतान्तरले सत्ता गठबन्धनको पक्षका उम्मेदवार बलियो देखिएपनि एमाले पनि कमजोर भने छैन ।
एमालेले प्रदेश १ मा राप्रपासँग तालमेल गर्न नसकेका कारण गठबन्धन बलियो देखिन पुगेको हो ।
अहिले सत्ता गठबन्धनसँग ४ हजार ६ सय १२ मतभार रहेको छ भने एमालेसँग ४ हजार ५ सय २४ मतभार रहेको छ ।
उक्त प्रदेशमा राप्रपाको १२० मतभार रहेको छ ।
राप्रपालाई मिलाउन सकेको अवस्थामा एमालेले अझै पनि प्रदेश १ का आफ्ना उम्मेदवार जिताउन सक्ने संभावना रहेको छ ।
त्यही जोखिममा लागेका एमालेले आफ्ना फरार सासदलाई पनि भोट हाल्न ल्याउने तयारी गरेको छ ।
सरकारी छाप र दस्तखत कीर्ते गरेको अभियोगमा दोषी किटान भएपछि फरार रहेकी सांसद गुलेफुन खातुनलाई भोलिको निर्वाचनमा मतदान गराउने तयारी गरेको छ ।
त्यसका लागि एमालेले सांसद भीम आचार्य शेरधन राई नेताहरु देवराज घिमिरेलाई जिम्मा दिएको खबर छ ।
प्रदेश सांसदको ४८ मतभार हुन्छ ।
अहिलेको प्रतिस्पर्धात्मक अवस्थामा उक्त मतभार पनि निकै महत्वपूर्ण हुन्छ ।
त्यसैले एमाले जसरी पनि उनलाई मतदानमा ल्याउन चाहिरहेको छ ।
अ’दालतले नै दो’षी किटान गरेपछि फ’रार रहेकी खातुनलाई प्रहरीले खोजि गरिरहेको छ ।
एमालेले मतदानमा ल्याएमा खातुन प’क्राउ पर्ने संभावना रहेको छ । त्यसैले खा’तुन आफै चाहिं के गर्छिन भन्ने खुलेको छैन् ।
फरार भएकै कारण गत वर्षको राष्ट्रिय सभा निर्वाचनमा पनि खातुनले मतदान गरेकी थिइनन् ।

