नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न केही उद्दोगीव्यवसायी बालुवाटार पुगेपछि त्यहाँ छलफल भएको छ ।
अफगानिस्तानमा खाद्यान्न सहयोग दिएर फर्किएका उनीहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले खाद्य संकट विश्वभर बढिरहेको विषयबारे बोले ।
खाद्य संकटसँग जुध्न उत्पादन बढाउनुपर्नेमा जोड दिए । उनले उत्पादन बढाउन मलको सहज र सुलभ आपूर्तिको विषय उठाए ।
देशमा मल कारखाना नहुँदा वर्षेनी आउने समस्याबारे उल्लेख गर्दै भने,‘ अहिले फर्टिलाइजर प्रायोरिटीको कुरा आएको छ । यहाँ यो उद्दोग खोल्नुहोस् ।’
मल कारखाना खोलेमा सरकार सहयोग गर्न प्रतिवद्ध रहेको बताए । उनले उद्योग खोल्न सरकार सहयोग गर्न तयार रहेको बताए ।
मलमा ठूलो आर्थिक चलखेल पनि हुनेगरेको खुल्दै आएको छ । मल आयातमा भएका भ्रष्टाचारको मुद्दाहरु अदालतमा विचाराधीन छन् ।
अर्कोतर्फ, किसानले समयमै मल नपाउँदा उत्पादनमा असर गर्दै आएको छ ।

