नेकपा (एमाले) काभ्रेलाई क्ष्ाित पुगेको छ । काभ्रेका केही नेता तथा कार्यकर्ताहरु नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मिनभवन, आलोकनगरमा आयोजित एक कार्यक्रमकाबीच उनीहरु आज पार्टी प्रवेश गरेका हुन् ।
एकीकृत समाजवादीका अनुसार काभ्रेको मण्डन देउपुर वडा नम्बर – १ का एमाले वडासचिवसहित ५० जनाले एमाले परित्याग गरे हुन्।
जुन एमाले नेता गोकुल बास्कोटाको वडा पर्दछ । नवप्रवेशसीहरुलाई नेकपा ९एकीकृत समासजवादी०का अध्यक्ष माधव कुमार नेपालले स्वागत गरेका थिए ।
अध्यक्ष नेपालले स्वागत कार्यक्रममा तीनै तहको निर्वाचन एकैपटक हुनुपर्ने बताएका थिए । मुलुकको खर्च बचाउनका लागि भएपनि तीनै तहको निर्वाचन एकै पटक गर्नुपर्ने उनको भनाइ थियो ।

