स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा आफ्नै निर्णयबाट ब्याक भएका छन् । उनले आफुले हालै गरेको वीर अस्पताल (कोभिड –१९ युनिफाइड केन्द्रीय अस्पताल) को प्रमुख कार्यकारीको विवाद प्रधानमन्त्री शेरबहादुर देउवासँग आपसी सल्लाह गरेर समाधान गरिने बताएका छन् ।
मन्त्री खतिवडाले वीरको सेवालाई असर नगर्ने गरि प्रधानमन्त्री देउवासँग सल्लाह गरेर विवाद समाधान गर्ने बताए ।
उनले भने, ‘वीरको सेवा प्रभावित हुदैन । प्रधानमन्त्रीसँग सल्लाह गरेर जे गर्नु पर्छ त्यही गर्छु । ’
मन्त्री खतिवडाले मंगलबार वीरको प्रमुख कार्यकारीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। गुणराज लोहनीलाई सरुवा गरेका थिए ।
वीर अस्पतालको कार्यकारी निर्देशकमा प्रा। डा। भुपेन्द्र बस्नेत बहाल रहेकै बेला वीर अस्पताल बाहिरबाट उनीभन्दा माथि डा। लोहनीको सरुवा गरेको थाहा पाएपछि वीरका कर्मचारी आन्दोलनमा उत्रिएका थिए ।
वीर अस्पतालको विकासका लागि वीरमै कार्यरत चिकित्सक प्रमुख कार्यकारी हुनु पर्ने र वीर विरोधीलाई अस्पताल छिर्न नदिने भन्दै स्वास्थ्यकर्मी, चिकित्सक र कर्मचारीले आन्दोलन चर्काएपछि बुधबार सरुवा भएका डा। लोहनी वीर प्रवेश गरेर पदबहाली गर्न सकेनन् ।
वीरको सेवानै अबरोध हुने भएपछि प्रधानमन्त्री देउवाले सरुवाको निर्णय रोक्न मन्त्री खतिवडालाई मौखिक निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको निर्देशनपछि खतिवडाले आफ्नो निर्णयमा पछि हट्ने संकेत दिएका छन् ।
वीर अस्पतालको कार्यकारी प्रमुखमा कार्यरत डा। बस्नेत बिगत ७ वर्षदेखि न्याम्स मातहत प्राध्यापक पदमा कार्यरत छन् ।