नेकपा एमाले राष्ट्रियसभा निर्वाचनमा एक ठाँउमा विजयी भएको छ ।
राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले)का नेता सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् ।
सत्ता गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै शेर्पा निर्वाचित भएका हुन् । शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ ।
उनी अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार बनेका थिए । शेर्पाले ४७३४ मत भारसहित विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी हेमराज राई पराजित बनेका छन् ।
राईले ४ हजार ३ सय ६८ मतभार प्राप्त गरे । जसपाका नेता राईलाई गठबन्धनले अगाडि सारेको थियो ।
एसका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भने गठबन्धन सबै ठाँउमा वियी हुने र एमाले हार्ने दाबी गरेका थिए ।
प्रदेश १ बाट राष्ट्रियसभा सदस्यमा नेकपा एसकी उपाध्यक्ष जयन्ती राई विजयी
राष्ट्रियसभा चुनावअन्तर्गत आज भएको मतदानबाट प्रदेश १ मा जयन्ती राई विजयी भएकी छिन् ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी राई नेकपा एसकी केन्द्रीय उपाध्यक्षसमेत हुन् ।
महिला तर्फकी उम्मेदवार राईले ४६५२ मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी सुमित्रा भण्डारीले ४ हजार ३६२ मत प्राप्त गर्दा राप्रपाकी रन्जु प्याकुरेल १२० मत ल्याइन् ।

