एकाबिहानै भ’यानक बस दु’र्घटना, १३ जना घा’ईते, तीनको अवस्था गम्भीर
बिहीबार बिहानै भ’यानक बस दु’र्घटना भएको छ । पाटन–पञ्चेश्वर सडक खण्डको रौतगाउँमा बस दु’र्घटना हुँदा १३ जना घाईते भएका छन् । घाई’तेमध्ये तीन जनाको अवस्था ग’म्भीर रहेको छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पञ्चेश्वर आउँदै गरेको ना।६ ख २५७० नम्बरको रात्रीबस बिहिवार बिहान ५ः३० बजे दु’र्घटनामा परेको हो ।
दुर्घट’नामा परेको बस सडकबाट २५ मिटर तल खसेको यातायात व्यवसायी दिनेश बिष्टले बताउनुभयो ।
बिष्टले भन्नुभयो,“ घा’ईतेको उद्धारका लागि पाटनबाट जिप पठाएका छौं । उद्धारका लागि सलेना प्रहरी चौकीबाट प्रहरी पनि खटिएका छन् । घाई’तेको नामावली खुल्न सकेको छैन ।”
दु’र्घटनामा घाईते सबैलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ ।

