हिजो सम्पन्न राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले एमालेलाई नराम्रो धक्का दिएको छ । एमाले १९ मध्ये १ सिटमा मात्र विजयी भएको छ ।
प्रदेश १ मा अन्यतर्फको कांग्रेसका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । मतगणना हुँदा बराबरी भएपछि गोला तान्दा गठबन्धनतर्फका वस्नेत विजयी भएका हुन ।
मतगणनामा नेकपा एमालेका गुरु बराल र गठबन्धनका बस्नेतको मत बराबरी भएको थिए ।
दुवैले समान ४ हजार ४८८ मत प्राप्त गरेका छन् । बरालले प्रदेश सांसदतर्फ १ हजार ८२४ र स्थानीय तहतर्फ २ हजार ६६४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी बस्नेतले प्रदेश सांसदतर्फबाट २ हजार ४०० र स्थानीय तहतर्फ २ हजार १२४ मत प्राप्त गरेका थिए ।
मत बराबरी भएपछि गोलाप्रथाबाट बस्नेत विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेश १ मा राष्ट्रियसभाको तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनबाट महिलामा जयन्ती राई र अन्य तर्फ बस्नेत विजयी भएका छन् ।
त्यसैगरी अल्पसंख्यकतर्फ नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्।

