रौतहटको गौरमा भएको नर’शंहार दोहोर्याउने ध’म्की दिएको प्रकरणमा भौतिक पूर्वधार तथा यातायात मन्त्री रेणु यादवविरुद्ध १ जना पूर्व सांसद्ले जा’हेरी दिएका छन्।
संविधान सभाका तत्कालीन सदस्य रणजित कर्णले राज्य विरुद्धको क’सूर गरेको अभियोगमा कार’बाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिएका हुन्। कर्णले हुलाकमार्फत् जाहेरी दिएका हुन्।
मन्त्री यादवले माघ ५ गते रौतहटमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गौर ह’त्याकाण्ड ुदो’होर्याउनेु धम्की दिएकी थिइन्।
मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतको नामै लिएर त्यस्तो ध’म्की दिएकी थिइन्।
मन्त्री यादवको उक्त अभिव्यक्तिले दुई समुदायबीच द्व’न्द्व सिर्जना भइ जातीय, क्षेत्रीय र साम्प्रदायिक दं’ग फैलिइ राष्ट्रिय एकतामा समेत ख’लल पर्नसक्ने कर्णले उ’जुरीमा उल्लेख गरेका छन्।
मन्त्री यादववि’रुद्ध फौ’जदारी अप’राध सं’हिता २०७४ को दफा ४९ को उपदफा (४०अनुसारको कसूरमा छा’नबिन गरी ह’दैसम्मको ‘सजाय गरिनुपर्ने कर्णले मागदाबी गरेका छन्।

