नेपालको कम्युनिष्ट इतिहासमा छोटो समयमै चर्चाको शिखरमा पुगेका नेता आज भौतिक रुपमा नरहेपनि उनको झझल्को आइरहन्छ । ती हुन् तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारी ।
संगठन विभाग प्रमुख जीवराज आश्रित र भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा दुर्घ’टनामा परी ‘निधन भयो ।
पार्टीको कार्यक्रमका क्रममा चितवनबाट पोखरा जाने क्रममा उनीहरू सवार जिप दु’र्घटना भएको थियो ।
घटनामा दुई नेताको नि’धन भए पनि चालक अमर लामा भने बाँचेका थिए । यसर्थ, यस घटनालाई रह’स्यमय मानिएको छ ।
सोही दिन मदन–आश्रित चढेको गाडी अहिले मोरङको उर्लाबारीस्थित मदन भण्डारी संग्रहालयमा राखिएको पाइएको छ ।
उर्लाबारीको मंगलबारेस्थित संग्रहालयमा राखिएको बा अ च ८७९३ नम्बरको उक्त जिपको तस्बिर एमाले सचिव योगेश भट्टराईले सामाजिक सञ्जालमा राखेका छन् ।
उक्त गाडी निकै पुरानो भएको देखिन्छ । साथै, गाडीको अधिकांश भाग च’कनाचुर भएको छ ।
ताप्लेजुङको ढुंगेसाँघुमा देवीप्रसाद भण्डारी र माता चन्द्रकुमारीको माहिला छोराका रूपमा २००९ असार १४ गते जन्मेका मदन भण्डारीले अल्पायुमै संसार छाडे पनि नेपाली राजनीतिमा एउटा बेग्लै आकर्षक व्यक्तित्वका रुपमा छाप छाडे ।
जनआन्दोलन २०४६ मा वाममोर्चाबाट सक्रिय रहेका भण्डारीले नेपाल कम्युनिष्ट पार्टी ९माक्र्सवादी–लेनिनवादी० र मनमोहन अधिकारी नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९मार्क्सवादी० लाई एकीकरण गरी नेकपा ९एमाले० गठन गर्न महत्त्वपूर्ण भूमिका खेलेको मानिन्छ ।
उनले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको नीति पछ्याउँदै नेकपा ९एमाले० बहुलवादी राजनीतिमा अघि बढ्दै आम निर्वाचन २०४८ मा सहभागी भएको थियो ।
प्रारम्भिक शिक्षा जन्मथलोमै प्राप्त गरेका उनको परिवार २०२४ सालमा ताप्लेजुङबाट मोरङको इटहरामा सरेको थियो । उनले भारतको मथुरामा पनि अध्ययन गरे । भण्डारीले बनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरेका थिए ।
२०२८ सालमा पुष्पलालसँगको भेटपछि उनी राजनीतिमा लागेको उनीबारे लिखित कृतिमा छ । २०३० सालमा उनी पार्टीको पूर्णकालीन कार्यकर्ता बनेका थिए ।
२०४१ मा भण्डारी पार्टीको पोलिटब्युरो सदस्य र २०४६ सालमा नेकपा ९एमाले० को चौथो महाधिवेशनमा महासचिव बनेका थिए । २०४७ सालमा भूमिगत जीवनबाट बाहिर आई माले ९मार्क्सवादी० एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी ९एकिकृत मार्क्सवादी–लेनिनवादी० को महासचिव बने ।
२०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी काठमाडौं क्षेत्र नं। १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
उनको विवाह २०३९ सालमा विद्या पाण्डे ९हाल राष्ट्रपति विद्यादेवी भण्डारी० सँग भएको थियो ।

