कोरोना संक्रमित ओलीमाथि अर्को खतराको घण्टीः यसो भन्छ कानुन
पूर्व प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओलीले ठूलो भूल गरेका छन् । को’रोना संक्रमित हुँदाहुँदै सार्वजनिक कार्यक्रममा सरिक भएपछि उनीमिाथ गम्भी’र प्रश्न ठडिएको छ ।
जिम्मेवार व्यक्तिले नै यसरी नि’यम मिचेर जनताको भविष्यमाथि खेलवाड गरेको भन्दै जनस्तरबाट व्पापक विरोध हुन थालेको छ । को’रोना सं’क्रमित ओली भक्तपुरको बालकोटस्थित उनकै निवास नजिकैको रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।
उनी गत ९ माघमा संक्र’मित भएका थिए भने बुधबार नै सार्वजनिक कार्यक्रममा सहभागी भएका थिए । कोरोना संक्रमित ओली सार्वजनिक कार्यक्रममा गएपछि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पनि आलोचना गरेका छन् ।
उनले ‘कोरोना पुष्टि भएपछि आइसोलेसनमा नबस्नु नागरिकको जीवनप्रति ग’म्भिर खेलबाड भएको बताएका छन् । महामन्त्री शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो । पालना नगर्नु बहादु’री होइन गैह्र जि’म्मेवारीको परा’काष्ठा, कानूनको उलंघन र अन्य नागरिकको जीव’नप्रति ग’म्भीर खेलबाड समेत हो !’
ओलीलाई १० वर्ष कै’द
कोरोना विजुलीको गतिमा फैलिरहेका बेलामा अहिले विश्व मानव संकटसँग जुधिरहेको छ । विश्वलाई नै थिल्थि’लो बनाउने को’रोना संक्रमितका व्यक्ति आइशोलेसनमा बस्नुपर्नेमा सार्वजनिक कार्यक्रम गर्दै भी’डभाड गर्न थालेपछि आलोचना भएको हो ।
सामान्य नागरिकलाई प्रहरीले पनि प’क्राउ गरेर का’रबाही गरिरहेको छ । मास्क नलगाइ हिँड्ने नागरिकलाई जरि’बाना तिराइरहेको छ । भने को’रोनाको प्रभाव कम गराउनका लागि काठमाडौं उपत्यकामा सवारी साधनमा जोर विजोर लागू गरिएको छ ।
यस्तै, सरकारले २५ जनाभन्दा बढी भी’डभाड गर्न नहुने भनेर निर्देशन जारी गरेको छ । भने कोरो’ना खोप लगाएको प्रमाण पनि मागिरहेको छ ।
तर पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीलाई भने का’नुनले छून सकेको छैन ।
उनी कोरोना संक्रमित हुँदाहुँदै पनि भीड तयार पारेर कार्यक्रम गरिरहेका छन् । अधिवक्ता मुरारीप्रसाद सापकोटाले कोरोना सं’क्रामक ऐन र मुलुकी अप’राध संहिता अनुसार ओलीलाई कार’बाही हुने बताए ।
कानुनी शासन भएको मुलुकमा उनले ऐनअनुसार सं’क्रामक रोग फैलाउने काममा ओली लागेको देखिएकाले उनलाई कार’बाही हुने बताए ।
यस्तै मुलुकी अपराध संहिता २०७४ को दफा १०४ मा सङ्क्रा’मक रोग फैलाउन नहुने व्यवस्था छ । सो दफाको उपदफा १ मा भनिएको छ,‘कसैले कसैको ज्या’नलाई ख’तरा पु¥याउन सक्ने कुनै किसिमको सङ्क्रा’मक रोग फैला’उने वा फैलिन सक्ने कुनै काम गर्न हुँदैन ।’
यस्तै सो ऐन अनुसार नियतपूर्वक वा जानीजानी सं’क्रामक रोग फैलाउनेलाई १० वर्षसम्म कै’द र १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था पनि छ । ओली सरकार प्रमुख पनि भइसकेको व्यक्ति भएकाले उनी थप सचेत र सजग हुनुपर्ने अधिवक्ता सापकोटाको भनाइ छ ।
यस्तै मुलुकी अ’पराध संहि’ता २०७४ को दफा १०४ को उपदफ २ मा भनिएको छ,‘उपदफा १ बमोजिमको क’सूर गर्ने वा गराउने व्यक्तिलाई नियतपूर्वक वा जानीजानी गरेको भए दश वर्षसम्म
कै’द र एक लाख रुपैयाँसम्म ज’रिबाना, लापरवा’हीपूर्वक गरेको भए पाँच वर्षसम्म कै’द र पचास हजार रुपैयाँसम्म जरि’बाना र हेल’चक्य्राईँपूर्वक गरेको भए तीन वर्षसम्म कै’द र तीस हजार रुपैयाँसम्म ज’रिबाना हुनेछ ।’
संक्रामक रोग ऐन २०२० अनुसार पनि एक महिना कै’द र सय रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको छ । ऐनको दफा ३ मा भनिएको छ,‘यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अव’हेलना गर्ने व्यक्तिलाई एक महिना कैद र रु १०० सम्म जरिवाना वा दुवै स’जाय हुनेछ ।’
यसरी ऐनको उल्लंघन गर्ने व्यक्तिलाई भने कार’बाही र किनारा लगाउने जिम्मेवारी सम्वन्धित जिल्ला प्रशासन कार्यलयको प्रमुख जिल्ला अधिकारीलाई दिइएको छ । ‘
यसरी ‘कानुनको दायरामा ओली आउने हो भने उनी फेरि जे’ल जान सक्छन् । यसअघि उनी जीवनमा विभिन्न घटनामा १४ बर्ष जे’ल बसेको बताइन्छ ।

