संघका कर्मचारीको स’रुवाका लागि पुरानो व्यवस्थामा परिवर्तन भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघका कर्मचारीको स’रुवाका लागि भौतिक रूपमा उपस्थित भएर लिइने निवेदन बन्द गरेको छ।
को’भिड– १९ को सं’क्रमण बढेको भन्दै मन्त्रालयले संघमा कार्यरत कर्मचारीलाई स’रुवा र कामकाजका लागि आवश्यक निवेदन अनलाइनमार्फत पेस गर्न भनेको हो।
मन्त्रालयका सहसचिव वसन्त अधिकारीसहितका कर्मचारीलाई को’भिड सं’क्रमण भएपछि मन्त्रालयले स’तर्कता अपनाएको छ।
संघीय तथा प्रादेशिक कर्मचारी प्रशासन शाखाका अधिकृत नित्यराज भट्टराईका अनुसार राष्ट्रिय किताबखाना (निजामती)मा रहेको वैयक्तिक विवरणका आधारमा अनलाइन निवेदन दिनुपर्ने छ।
स’रुवाका लागि आउनेको भि’डभाड बढेपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।
प्रदेश र स्थानीय तहका कर्मचारीको अन्तरतह स’रुवा भने हाललाई स्थ’गित छ ।

