एमाले किल्ला भत्काएको दाबीसहित नेकपा एमालेका एक नेता कांग्रेसमा हुँइकिएका छन् ।
शैलुङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका तर्फबाट निर्वाचित वडा सदस्य दिलबहादुर श्रेष्ठ लगायतको टिम पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेको छ ।
शैलुङ ३ को कार्यबाहक अध्यक्षकोसमेत जिम्मेवारी लिएका श्रेष्ठ एमाले छाडेर कांग्रेस प्रवेश गरेका हुन् ।
श्रेष्ठको प्रवेशले शैलुङ गाउँपालिकामै एमाले किल्ला भत्किएको कांग्रेस शैलुङ ३ का सभापति सुनिलबावु श्रेष्ठले बताए ।
शनिबार नेपाली कांग्रेस शैलुङ गाउँ कार्यसमितिको नियमित बैठकको अवसरमा आयोजित एक कार्यक्रमा आफू पुरानै घरमा फर्किएको बताउँदै श्रेष्ठले भने, ‘अब शैलुङ ३ मा नेपाली कांग्रेसलाई जिताउने सुनिश्चित गर्नेछौं।’
उनले रुख चिन्ह जिताउने अभियानको आफूले कमान्डरको भूमिका निभाउने प्रतिवद्धता व्यक्त गरे ।
पहिले जनयुद्धको नाउँमा र अहिले विभिन्न भ्रम तथा आश्वासन बाँडेर माओवादीले मधेसी समुदायलाई ठग्ने मात्र काम गरेकाले पार्टी छोडेको वडा अध्यक्ष हीरालाल यादवले प्रतिक्रिया दिए।
रौतहटको फतुवा बिजयपुर वडा ६ का माओवादी पार्टीबाट निर्वाचित वडा अध्यक्ष हीरालाल यादव पार्टी परित्याग गरि काँग्रेसमा प्रवेश गरेका छन् ।
नेपाली काँग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि काँग्रेस मधेस प्रदेश सभापति कृष्णा यादवले वडा अध्यक्ष यादव र उनीसँगै काँग्रेसमा प्रवेश गरेका उनका समर्थकहरुलाई माला र टिका लगाई स्वागत गरेका थिए ।

