पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलै गल्ती गरेका छन् । आफूर्ला भारसको सं’क्रमण भएका बेला सार्वजनिक र्काक्रममा गएर उनले अरुमाथि पनि सर्ने जोखिम बढाएका छन् ।
उनलाई सं’क्रामक रो’ग ऐन २०२० विपरित कार्य गरेको भन्दै का’रवाहीको मागसहित जिल्ला प्रशासन कार्यालय भक्तपुरमा निवेदन परेको छ । सूर्यविनायक नगरपालिका भक्तपुरका अभिजित अधिकारीले सं’क्रामक रोग ऐन २०२० ब’मोजिम कार’वाही गर्न माग गर्दै आइतबार उजुरी दिएका हुन् ।
उजुरीकर्ताले पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफु कोभिड सं’क्रमित हुँदाहुँदै नेकपा एमालेको भ्रातृ संगठन युवा संघले आयोजना गरेको कार्यक्रमम सहभागी भइ हुलहुज्जत गरी आफुलाई सामान्य सं’क्रमण मात्र भएको भाषण गरेको उल्लेख गरेका छन् ।
‘को’रोना सं’क्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार सम्प्रेषण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौ’, निवेदकले खुलाएका छन् ।
‘यसरी आफु को’रोना संक्रम’ण फै’लउने कार्य गरी सं’क्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक का’रवाही गरी पाउ’, निवेदकको दावी छ ।




