जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना ९एमसीसी० पास गर्नु हितकर रहेको दबावा गरेका छन् ।
सत्ता गठबन्धनमा रहेको दल जनता समाजवादी पार्टी ९जसपा० का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना ९एमसीसी० सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका हुन्।
अन्यथा प्रतिगमनविरुद्ध एकताबद्ध पाँचदलीय गठबन्धन नै टुट्ने चेतावनी पनि दिएका छन्।
एमसीसी पारित नभए देश थप कंगाल हुने दाबी गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भनेर सचेत पनि गराएका छन्।
‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं। सबै एकमुख भएर जनतालाई बुझाऊँ’, डा। भट्टराईले आइतबार राति सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्,
‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’का लागि घाँटीको हाड नबनोस्।
देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस्। शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्।’

