को,रोना भाइरसको महाुमारीका कारण स्थगित परीक्षा माघ २४ गतेबाट सञ्चालन गर्ने निर्णय भएको छ ।
नेपाल विद्युत प्राधिकरणको स्थगित अन्तर्वार्ता यही माघ २४ गतेबाट सञ्चालन हुने भएको हो ।
प्राधिकरणले को’भिड–१९ महामारीपछि लिखित परीक्षाबाट छनौट भएकाको अन्तर्वार्तालगायत कार्यक्रम स्थगित गरेको थियो ।
प्राधिकरणका अनुसार, प्रशासन तथा प्राविधिक सेवाअन्र्तगत तह ४ का विभिन्न पदहरूको स्थगित अन्तर्वार्ता परीक्षा यही माघ २४ बाट सञ्चालन हुँदैछ ।
अन्तर्वार्ता परीक्षा कार्यक्रमको विस्तृत विवरण प्राधिकरणको वेबसाइटबाट हेर्न सकिने छ ।
साथै तह ४ को अन्तर्वार्ता सम्पन्न भएपछि परिस्थिति अनुकूल भएमा अन्य पदहरूको परीक्षा कार्यक्रम सार्वजनिक गरिने प्राधिकरणले जनाएको छ ।


