नेकपा माओवादी केन्द्रप्रति नेता–कार्यकर्ताको बिश्वास गुम्दै गएको पाइएको छ । पुष्पकमल दाहाल नेतृत्वको माओवादी परितग गर्दै कार्यकर्ता अर्को पार्टीमा प्रवेश गरेका छन् ।
आइतवार अर्घाखाँचीको मालारानी गाउपालिकामा माओवादीका अध्यक्षसहित ५० घरपरिवारका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्दै यस्तो तथ्य खुलाएका हुन ।
प्रचण्डले मुलुकको बिकास र समृद्धि रोकेको र बिदेसीको इसारामा चलेर नेपालमा सधै अस्थिरता निम्त्याउने खेलको खलनायक बनेको भन्दै मालारानी वडा नं ३ का माओवादी केन्द्रका अध्यक्ष रोमाहर्ष खनालको नेतृत्वमा ५० घर परिवार एमालेलमा समाहित हुनुभएको हो ।
खनालको नेतृत्वमा गाउँपालिकाका सदस्यहरु समेत एमालेमा प्रवेश गरेका छन ।
यस्तै नेपाली कांग्रेसका स्थानीय हस्तीहरु पनि एमालेमा प्रवेश गरेका छन । आइतवार आयोजित पार्टी प्रवेश कार्यक्रममा माओवादीका खनालसहित सिंगो टीम र कांग्रेसका चर्चित नेता एमालेमा प्रवेश गर्नुभएको हो ।
प्रवेश गर्नेमा बाबुराम खनाल, लेखनाथ घिमिरे, साबित्रा खनाल, माधव खनाल, महेन्द्र चौहानलगायत ५० घर परिवार रहेका छन । उहाँहरुलाई एमाले सचिव टोपबहादुर रायमाझीले पार्टीमा स्वागत गर्नुभएको छ ।
सचिव रायमाझीसँगै एमाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज चन्द्रबहादुर खडका, उज्वल, केन्द्रीय सल्लाहकार पिताम्बर भुसाल, जनार्दन खनाल, तेजबहादुर रायमाझी, शम्भु पोखरेल, सालिकराम आचार्य, लिलबहादुर बिक, तिलक मिश्र, बालकृष्ण शर्मा आचार्यलगायतका नेताहरुले स्वागत गर्नुभएको छ ।
नवप्रवेसीहरुले एमाले अध्यक्ष केपी ओलीको नेतृत्व र एमालेको सरकारले मात्रै मुलुक बनाउने कुरा प्रमाणित भइसकेको कारण आफूहरु प्रवेश गरेको बताउनु भयो ।
स्थानीय तहको निर्वाचनमा नेकपा ९माओवादी केन्द्र०लाई ‘क्लिन स्वीप’ हुनबाट बचाएका वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन् । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् ।
सन्दकपुर गाउँपालिकामा नेपाली कांग्रेस क्लिन स्वीप हुँदा राई माओवादीबाट वडाध्यक्ष निर्वाचित भएका थिए । सन्दकपुर गाउँपालिकामा मात्रै होइन उनी इलामका दश वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् ।
इलामका ८१ वडामध्ये एमालेले ४८ वडाध्यक्ष, नेपाली कांग्रेसले ३० वडाध्यक्ष जितेका थिए । त्यस्तै माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, र राष्ट्रिय जनमुक्ति मोर्चाले एक–एक वडाध्यक्ष जितेका थिए ।
एमाले प्रवेश गरेका राईलाई एमालेको सन्दकपुर गाउँ पार्टी कार्यालयमा भएको एक कार्यक्रमका बीच एमालेका केन्द्रीय सदस्य राम राना, एमाले इलामका अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष उदय राई, सचिव उमेश गुरुङले पार्टीमा स्वागत गरेका थिए ।

