कोरोना संक्रमणपछि केही दिनअघि एउटा सार्वजनिक कार्यक्रममा सहभागि भएपछि विवादमा परेका पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २४ लाख खोप कोरोना खोप हरायो भन्नु हास्यास्पद भएको बताएका छन् ।
एमालले देशलाई गठबन्धनले ओरालो यात्रामा लगेको आरोप लगाएको छ ।
बुधबार पार्टी केन्द्रीय सचिवालयको बैठकमा बोल्दै ओलीले सो कुरा गरेका हुन् । सरकारलाई देशको कुनै चिन्ता भएको नदेखिएको बताउदै ओलीले गठबन्धनले देशलाई विनाशतर्फ धकेलेको पनि बताए ।
उनले भने, ‘पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको छ । आर्थिक अराजकता, अनियमितता र बेथितितर्फ धकेल्यो । ‘
उनले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने पनि बताए । निर्वाचन आयोगले गरेको सिफारिसकै समितिमा निर्वाचन हुनुपर्ने बताउदै ओलीले सोही मितमा निर्वाचन हुनुनै पर्ने बताए ।
२४ लाख खोप कोरोना खोप हरायो भन्नु हास्यास्पद भएको बताउदै ओलीले यो राम्रो नभएको बताए ।
स्थानीय तहको निर्वाचनमा तयारीमा जुट्न नेकपा एमालेको निर्देशन
नेकपा एमालेले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि बसेको एमालेको बैठकले निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको हो ।
बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय गरेको छ । स्थानीय निर्वाचनमा केन्द्रित भई केन्द्रीय र प्रदेशस्तरमा अगुवा कार्यकर्ता भेला आयोजना गर्ने, युवा, विद्यार्थी, महिला र किसानबाहेकका जनसंगठनका राष्ट्रिय अधिवेशनहरू तोकिएकै मितिमा गर्ने निर्णय भएको छ ।
पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका सुझावसहित पारित गरेको छ । बैठकले केन्द्रीय प्रचार तथा प्रकाशन, उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
एमालेले राष्ट्रिय सभा निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने निर्णय गरेको छ । एमालेको बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १२ गते भएको राष्ट्रिय सभाको चुनावमा अन्तर्घात गर्नेलाई छानबिन गरी कारबाही गर्न सम्बन्धित प्रदेश कमिटीलाई निर्देशन दिने निर्णय गरेको हो ।
राष्ट्रिय सभाको निर्वाचनमा एमालेले एक सिट मात्र जितेको थियो । आजको बैठकले प्रदेश १ र सुदूरपश्चिम प्रदेश कमिटीलाई छानबिन गर्न निर्देशन दिने निर्णय गरेको हो ।
यस्तै बैठकले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न आफ्नो नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच ४ जेठमा स्थानीय तहको निर्वाचन गर्ने सहमति भएपछि एमालेले यस्तो निर्देशन दिएको हो ।
बैठकले प्रदेश अधिवेशनहरू स्थानीय निर्वाचनपछि गर्ने र जिल्ला अधिवेशनहरू निर्वाचनअघि नै गर्ने निर्णय गरेको छ ।

